बनेपा । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार, सालबसाली मालपोत तिर्ने तथा हक हस्तान्तरण गर्न नपाइने शर्तसहित कि. नं. १६५ को जग्गा काभ्रे बहुमुखी क्याम्पसको नाममा दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गरिएको थियो ।
यस विषयमा केही भ्रम फैलाउने प्रयास भइरहेकाले निम्न तथ्यहरू स्पष्ट गर्न आवश्यक छ ।
यदि उक्त जग्गामा क्याम्पसले भोगाधिकार मात्र प्राप्त गरेको भए,
क्याम्पसको नाममा जग्गा दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रदान गरिने थिएन ।
सालबसाली मालपोत तिर्नुपर्ने व्यवस्था पनि लागू हुने थिएन ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गामा भइरहेको अतिक्रमण हटाई काभ्रे बहुमुखी क्याम्पसलाई निर्विवाद रूपमा भोगचलन गर्न दिन जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक र बनेपा नगरपालिकालाई निर्देशन दिने अवस्था पनि रहने थिएन ।
उक्त जग्गा काभ्रे बहुमुखी क्याम्पसले लामो समयदेखि निरन्तर भोगचलन गर्दै आएको तथ्य सर्वविदित छ । आजसम्म पनि क्याम्पसको भोग तथा कानुनी अधिकार विच्छेद भएको छैन ।
तसर्थ, उपलब्ध सरकारी निर्णय, दर्ता प्रक्रिया, जग्गाधनी प्रमाणपुर्जा, मालपोत तिर्ने व्यवस्था तथा सम्बन्धित निकायका निर्देशनहरूले कि. नं. १६५ को जग्गामाथि काभ्रे बहुमुखी क्याम्पसको वैधानिक भोग र अधिकार कायम रहेको तथ्यलाई स्पष्ट रूपमा पुष्टि गर्दछ भनी क्याम्पस प्रमुख केजी बैदारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *