बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि आफ्ना सातवटै सेवा कार्यालयको वित्तीय तथा गैरवित्तीय लक्ष्यसहितको कार्य विवरण हस्तान्तरण गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि. लामाले बनेपा, पनौती, पाँचखाल, ढुङ्खर्क, खोपासी, बानेश्वर र भकुण्डे सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरूलाई कार्य विवरण हस्तान्तरण गर्दै निर्धारित लक्ष्य हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले संस्थाले तय गरेका वित्तीय तथा गैरवित्तीय लक्ष्य समयमै पूरा गर्न जिम्मेवारी, अनुशासन र प्रभावकारी कार्यसम्पादनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममार्फत सेवा कार्यालयहरूलाई वार्षिक लक्ष्यअनुसार जिम्मेवारी स्पष्ट गर्दै संस्थाको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *