बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक कार्ययोजना अनुसार आर्थिक वर्ष २०८३/०८४ का लागि लक्ष्यसहितको कार्यविवरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष कैलास केसी, सचिव तथा कोषाध्यक्षको संयुक्त उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत -सीईओ) विवेकराज ठकुरीलाई कार्यविवरण हस्तान्तरण गरिएको थियो । त्यसपछि प्रमुख कार्यकारी अधिकृत ठकुरीले संस्थाका उच्च व्यवस्थापन तहका कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारी, कार्यसम्पादन लक्ष्य तथा अपेक्षित नतिजासहितको कार्यविवरण हस्तान्तरण गर्नुभएको थियो ।

संस्थाका अनुसार कार्यविवरण हस्तान्तरण कार्यक्रमले आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएका लक्ष्य, योजना तथा रणनीतिहरूको प्रभावकारी कार्यान्वयनमा स्पष्टता, उत्तरदायित्व, जवाफदेहिता र कार्यसम्पादनप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास लिइएको छ ।

कार्यसम्पादनमा नतिजामुखी व्यवस्थापन, सुशासन तथा सदस्यमुखी सेवाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/०८४ का लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *