पनौती । काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित तीनदिने कृषक व्यवसाय खेल तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उद्वव सापकोटाको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड -नेफ्स्कुन) का कोषाध्यक्ष दिपक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीमार्फत सदस्य कृषकलाई उद्यमशील, आत्मनिर्भर तथा व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख गराउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, जोखिम न्यूनीकरण, बजार व्यवस्थापन तथा दिगो कृषि उद्यमका विविध पक्षबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गरेका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपक थापाले सहकारी र कृषि उद्यमबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै कृषकको आय, उत्पादन र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर तथा व्यवसायिक कृषक बन्न सके मात्र तालिमको वास्तविक सार्थकता रहने उल्लेख गर्दै सहभागीहरूलाई उद्यमशील बन्न शुभकामना दिनुभयो ।

संस्थाका अध्यक्ष उद्वव सापकोटाले तालिम सफल बनाउन योगदान पु¥याउने नेफ्स्कुन, प्रशिक्षक, अतिथिवर्ग, सहभागी किसान तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सीप, सोच र सहकार्यका माध्यमबाट समृद्ध कृषक र समुन्नत समाज निर्माण गर्ने अभियानलाई संस्थाले निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसाय विभाग प्रमुख पुरुषोत्तम दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका २८ जना सदस्यको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *