बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारण सभा तथा निर्वाचनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार वार्षिक साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को आय–व्यय तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलगायत विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ ।
साधारण सभामार्फत संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचनसमेत गरिने सूचनामा उल्लेख छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दाबी–विरोध तथा मतदानलगायतका कार्यक्रमको समयतालिकासमेत संस्थाले सार्वजनिक गरेको छ ।
साधारण सभा तथा निर्वाचनमा सहभागी हुन योग्य शेयर सदस्यहरूलाई तोकिएको समय र स्थानमा उपस्थित हुन संस्थाले आग्रह गरेको छ । निर्वाचनमा सहभागी हुने सदस्यहरूले संस्थाले तोकेको प्रक्रिया तथा आवश्यक कागजात पूरा गर्नुपर्ने सूचनामा जनाइएको छ ।बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं र ललितपुर जिल्लामा रहेको छ । संस्थाले विभिन्न सेवा कार्यालयमार्फत आफ्ना शेयर सदस्य तथा बचतकर्तालाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

