बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम परिमार्जन गर्ने उद्देश्यले आइतबार रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व तथा सल्लाहकार प्रदीप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा कोषाध्यक्ष भीमबहादुर केसीले आगामी बजेट तथा कार्यक्रममा समावेश गरिनुपर्ने प्रमुख विषयहरूबारे प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत केबी लामा स्याङ्तानले श्रावण १६ गते सम्पन्न समीक्षा गोष्ठीका निष्कर्ष प्रस्तुत गर्दै आगामी कार्ययोजनामा समेटिनुपर्ने प्राथमिकताका विषयमा प्रकाश पार्नुभयो ।

गोष्ठीमा सञ्चालक समिति, लेखा समिति, केन्द्रीय उपसमितिहरू, सातवटै सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरू, साथै उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रममा सातवटै सेवा कार्यालयका व्यवस्थापकहरूले आ–आफ्नो कार्यालयको प्रगति, चुनौती तथा आगामी रणनीति प्रस्तुत गरेका थिए ।

साथै विभागीय प्रमुख तथा सहायकहरूले पनि आ–आफ्ना विभागका रणनीति र कार्ययोजना प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक सुझावहरू राखेका थिए । गोष्ठीमा प्राप्त सुझाव र निष्कर्षलाई आगामी बजेट तथा वार्षिक कार्यक्रमलाई अझ प्रभावकारी, व्यावहारिक र सदस्यमैत्री बनाउने आधारका रूपमा उपयोग गरिने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *