काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बुधबार १.८८अंक घटेको छ ।

याे सँगै परिसूचक दुई हजार छ सय ७५ दशमबल ५१ अंकमा पुगेको छ । नेप्सेमा मंगलबार पनि गिरावट आएको थियो ।

आज १२१ कम्पनीको शेयरमूल्य बढेकोमा ११७ कम्पनीको शेयरमा भने गिरावट आएको छ । ६ वटा कम्पनीको शेयर यथावत रहेको छ भने तीन वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

नेप्सेका अनुसार आज नारायणी डेभलप्मेन्ट बैंक, बलेफी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावरकाे पोजेटिभ सर्किट लागेको हो । आज ५ अर्ब २२ करोड २४ लाख बराबरको शयेर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *