काठमाडाैं । बुधबार सुनको भाउ केही बढेको छ । मंगलबार सुनको भाउ तोलामा २ हजार ८ सयले घटेको भएपनि बुधबार भने तीन सयले बढेकाे हाे ।

मंगलबार १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएकाे सुन आज १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा भने गिरावट आएको छ । मंगलबार २ हजार ३० रुपैयाँमा कारोबार भएकाे चाँदी आज भने ताेलाकाे २ हजार १५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *