बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा र पनौतीको समुह संयोजक भेला तथा सदस्य बिस्तारित मञ्च कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र ब्यबस्थापन उपसमितिका संयोजक मोहनप्रसाद हुमागाईंको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा उपसमिति सदस्य प्रमिला बिष्टले प्रार्थना गराउनु भएको थियोे भने उपसमिति कोषाध्यक्ष हिरामणी दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यालय ब्यवस्थापक सबिना सापकोटाले संस्थाको वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभयो । बनेपामा ५ सय ७८ समुहमा १३ हजार ३ सय २ शेयर सदस्य रहेका छन् । कार्यक्रममा २ सय ८१ जना समुहको प्रतिनिधिको रूपमा सभागिता रहेको थियो । संस्थाले २ हजार ३६२ जना शैक्षिक बाल बचतकर्ता गरि २ हजार ५६४ सेवाग्राहीलाई सेवा प्रदान गरेको जनाएको छ ।

संस्थाको हाल १२ करोड ९६ लाख ८४ हजार ७ सय शेयर पुजी रहेको छ । १ अर्ब २० करोड ८३ लाख ८५ हजार २ सय ६७ कुल बचत रहेको छ भने ६२ करोड ४४ लाख ७९ हजार ७ सय १० लगानी रहेको संथामा कुल करोबार १ अर्ब ३४ करोड ६७ लाख ३७ हजार ५ सय २४ रहेको छ ।

मुख्य कार्यालय बिभागीय ब्यबस्थापक रामचन्द्र थापाले संस्थाको समष्टिगत बित्तीय कारोबारका बारेमा प्रष्ट पार्नुभएको थियो । २ हजार ५३४ वटा समुहमा ५७ हजार ३७३ शेयर सदस्यहरु, ११ हजार ७४० जना शैक्षिक बाल बचतकर्तासहित ६९ हजार ०१३ सेवाग्राहीलाई सेवा प्रदान गरेको संस्थाले जनाएको छ । ५३ करोड ९७ लाख १५ हजार ५ सय शेयर पँुजी , ३ अर्ब ४७ करोड ४० लाख ८८ हजार २ सय ७९ ऋण लगानी रहेको छ । संस्थाको कुल कारोबार ५ अर्ब १६ करोड ४७ लाख ८६ हजार ६ सय ९० रहेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले संस्थाले नीति, विधि र प्राविधिको प्रयोग गरि सदस्यहरुको जीवनस्तरमा आर्थिक सुधार, उद्यमशीलताको विकास, उद्यमीका लागि सिप विकास र व्यवसायिक उन्नतिका लागि बिन्धवासिनी साकोस सदस्यहरुको सारथी बनेको औंल्याउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *