– हरिप्रसाद चौलागाईं
वसन्त ल्यायो वन पालुवामा ।
मुस्कान घुम्थ्यो नद बालुवामा ।।
नवीनता जंगल मुस्कुराए ।
वैरागका याम थिए भगाए ।।१
सप्रेम जागे लहरा रमाए ।
ती वृक्षका काख पुगे समाए ।।
भयो धरा नै हरियो पवित्र ।
हाँसेर पाखा पनि छन् सचित्र ।।२
थियो चिसो शीत परास्त गर्दै ।
खुल्थे अहा पुष्प सुवास छर्दै ।।
फुलेर ती फूल फले रमाए ।
भोका चरीका बचरा अघाए ।।३
निमग्न भौंरा रसचुस्न जान्थे ।
ती माहुरी भौंर मिलेर चुस्थे ।।
वसन्तको याम समाप्त भैगो ।
यो ग्रीष्मको राज सुचारु भैगो ।।४
तर· ताना नव र· गाना ।
बज्छन् अहो शंख पुगेर कान ।।
जुडो कराँते सब सिक्नु पर्छ ।
सर्वा· रातो रङ पोत्नु पर्छ ।।५
भएर नै शान्त सरक्क ग्रीष्म ।
आएर आफ्नो गर राज सुस्त ।।
नपार झञ्झा बिच प्राणधारी ।
नमार सारा वनको लतारी ।।६
चलाउँदा राज बिचार राख्नु ।
छाना र टौवा घरका नफाल्नु ।।
विधानको आश्रयमा टिकेको ।
यो विश्व सत्ता बुझ ग्रीष्म ले यो ।।७
