पनाैती । पनाैतीका पुराना भित्तेचित्रसम्बन्धी तयार पारिएकाे पुस्तक सार्वजनिक भएकाे छ।

बुधबार (कात्तिक ५ गते) दिउँसाे पनाैती लायकु प्यालेसमा एक कार्यक्रमका बीच पनाैती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पुस्तक बिमाेचन गर्नुभएकाे हाे ।

एक जना विदेशीसहित तीन जना लेखकहरुले तयार पारेकाे ‘पनाैतीका भित्तेचित्र र यसकाे महत्व’ (wall Penting of Panauti and their context) नामकाे पुस्तक सार्वजनिक गरिएकाे फाेटाे पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनुभयाे ।

पुस्तकलाई फ्रान्सका मानवशास्त्री जेरार्ड टाेफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्धिबाबा प्रधान र पुरातत्व विभागका रसायनविद् भिमबरसिंह थापाले पुस्तक लेख्नु भएकाे हाे । यसमा पनाैतीका इतिहास झल्काउने चित्रहरुकाे बारेमा उल्लेख गरिएकाे बताइएकाे छ ।

पुस्तक विमाेचन गर्दै प्रमुख भण्डारीले प्रस्तुत पुस्तक पनाैती नगरपालिकाले स्वामित्व ग्रहण गर्दै पुनः प्रकाशन गरिएकाे बताउनुभयाे । पुराना मठमन्दिर, शिलालेख, चित्र, सम्पदालगायतका सामाग्री भाेलिका पुस्ताले पनि पढ्न पाउन् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएकाे उहाँकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *