पनौती । धर्म र संकृती बचाउन बन्जारा बन्जाडे समाज नेपालले महत्वपूर्ण कार्य गर्दै आएको छ । उक्त कुरा बन्जारा बन्जाडे समाज नेपाल काभ्रे जिल्ला कार्यसमितिको आयोजनामा आजिवन सदस्य वितरण तथा हरितालिका तिज विशेष कार्यक्रमका अवसरमा पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराले बताउनु भएको हो ।
ञउहांले २०७५ सालमा स्थापित यस संस्थालाई मेरै हातले पनौती नगपालिकाबाट विशेष कार्यक्रम दिने वचनबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले समाजमा हामीले पहिचान दिन सक्ने काम छनोट गरेर संस्था मार्फत माग गर्नुपर्ने धारणा राख्नुभयो ।
संस्थाका केन्द्रीय अध्यक्ष गीता तिमल्सीना बन्जाराले संस्था भर्खर बामे सरेको अवस्था भएको र नेपालमा रहेका बन्जारा बन्जाडेहरुलाई एकबद्धता गराई आफू र आफ्नो वंशजको जगेनी गर्न हामी अघि सरेको चर्चा गर्नुभयो ।
बन्जारा बन्जाडे समाजका काभ्रे जिल्ला उपाध्यक्ष देशराज बन्जाराले स्वगत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव केशव वजाराले कार्यक्रम संचालक गर्नु भएको थियो । संस्थाका अध्यक्ष शिव प्रसाद बन्जाराले संस्थामा २ वय ३४ आजिवन सदस्य रहेकोमा थप एघार जना आजिवन सदस्यता प्रदान गरिएको र अब नियमित रूपमा आजिवन सदस्य थपिदै जाने जानकारी दिनुभयो ।
कार्यक्रममा पनौती नगरपालिका वडा नं. ८ का बडा अध्यक्ष वेद प्रसाद वन्जारा लगायतले शुभ–कामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा गीतकार रामहरी न्यौपानेले गित प्रस्तुत गर्नुभएको थियो भने समिता बन्जाराको टीमले स्वागत गीत गाएर मनोरञ्जन दिएका थिए ।
एसईइमा ४ जिपिए ल्याउने खोटाङका भाई विशेष बन्जारालाई सम्मान गरिएको थियो । कूला एक सय ५० जना बन्जारा बन्जाडे समाजका व्यक्तिहरुले तीजको गीत गाई नाचगान गरेर रमाईलो मनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *