काठमाडौँ । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सम्पूर्ण पठनपाठन छठपछि मात्रै हुने भएको छ ।
विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितीका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठनपाठन छठ पर्वपछि हुने जानकारी दिएको हो ।
विश्वविद्यालयको रजिष्टारको कार्यालयले एक सूचना जारी गर्दै होस्टलमा बस्ने विद्यार्थीहरुका लागि काठमाडौंसम्म जानका लागि भोलि बसको व्यवस्था रहेको जानकारीसमेत दिएको छ । विश्वविद्यालयका अन्य कामहरु तथा सेवाहरु आवश्यकता अनुसार हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *