बनेपा । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा काभ्रे र नेपाल बार एसोसिएसन काभ्रे बार इकाईले बनेपामा संविधानको पुस्तक र प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका छन् ।
सोमबार र मङ्गलबार देशमा भएका हिंसात्मक जेनजी प्रदर्शनपछि फरक शिराबाट सरकार गठन र संसद विघटन हुँदै गरेका समाचार आइरहँदा काभ्रेका पत्रकार र कानुन व्यवसायीले संयुक्त मौन प्रदर्शन गरेका हुन् ।
बनेपाको चारदोबाटोमा मौन प्रदर्शन गरेका वकिल र पत्रकारहरूले ‘सेभ द नेशन–सेभ द कन्स्टिच्यूशन’ (देश बचाऊँ–संविधान बचाऊँ) लेखिएको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखामा आबद्ध पत्रकार, कार्यसमिति सदस्यहरु, विभिन्न पत्रकार सम्बद्ध संघसंगठनका सदस्य र कानुन व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
