मण्डनदेउपुर । सेवक नेपाल बालगृह संचालनार्थ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा ७ लाख ५ हजार १४० रुपैंयाँ संकलन भएको छ ।
तिहारका दिनमा सिन्धुपाल्चोक र काभ्रेका बिभिन्न स्थानमा गरिएको देउसी भैलोमा सो रकम संकलन भएको हो । जस अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजारका २ ठाउँमा खेलिएको देउसीभैलोमा १ लाख २५ हजार ४४५ रुपैंयाँ संकलन भएको थियो । यस्तै काभ्रेको मण्डनदेउपुर स्थित सिपाघाटमा ८० हजार ९०६ र कुन्तावेँसीमा खेलिएको देउसीभैलोबाट १ लाख ९२ हजार ५५० संकलन भएको थियो ।
पाँचखाल बजारमा १ लाख ५१ हजार ३२५ र शिखरपुरमा ५७ हजार ४४० रुपैंयाँ संकलन भएको सेवक नेपालले जनाएको छ । यता बनेपामा भएको कार्यक्रममा ८८ हजार ७५० संकलन भएको थियो । जसमा नगद ६ लाख ९२ हजार २४० र अनलाइनबाट १२ हजार ९०० संकलन भएको थियो ।
देउसीभैलो कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति निकै रोचक थियो । संकलित रकमले मण्डनदेउपुर नगरपालिकास्थित धाइटारमा रहेको सेवक नेपाल बालगृह संचालनका लागि खर्च हुनेछ । यहाँ हाल ३७ जना बालबालिका आश्रित रहेको सेवक नेपालका अभियान्ता यादव चौलागाईंले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *