मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न बुधबार भएको छ । नगरपालिकाको स्वास्थ्य सेवाको अवस्था, उपलब्धि, चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समीक्षा तथा छलफल गरिएको हो ।

जनस्वास्थ्य कार्यालयकी तथ्याङ्क अधिकृत अस्मिता पवनको सहजीकरणमा भदौ २३ र २४ गते सञ्चालन भएको समीक्षा कार्यक्रममा नगरपालिका अन्तर्गतका सबै वडाका स्वास्थ्य संस्थाका कर्मचारी, नगर अस्पतालका कर्मचारीलगायत स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नगर प्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल तथा प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल लगायतको उपस्थितिमा बुधबार समीक्षा कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतबाट स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन आवश्यक सुझाव तथा निर्देशन प्रदान गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेका अनुसार कार्यक्रम स्वास्थ्य संस्थाहरूबाट प्रवाह भइरहेका सेवाको समीक्षा, तथ्याङ्क विश्लेषण तथा आगामी दिनमा स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको हो ।

महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर
यसैबीच, मण्डनदेउपुर नगरपालिकाले महिलाहरूको प्रजनन स्वास्थ्यलाई लक्षित गर्दै भदौ २६ गते एक दिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मण्डनदेउपुर नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा नगरपालिकाको आधारभूत अस्पतालमा शिविर सञ्चालन भएको हो ।

शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । शिविरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी तथा परीक्षण, पाठेघरको मुखको मयलको परीक्षण -ख्क्ष्ब् त्भकत), थर्मोकोगुलेसन सेवा -त्जभचmय ऋयबनगबितष्यल) लगायतका सेवा निःशुल्क उपलब्ध भएको जनाइएको छ ।

त्यस्तै, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, आवश्यक परामर्श तथा शल्यक्रियाको सुविधा, विभिन्न स्त्रीरोगसम्बन्धी परीक्षण तथा उपचारसमेत उपलब्ध भएको नगरपालिकाले जनाएको छ । शिविरमा ऋथकतयअभभि, च्भअतयअभभि र ँष्कतगबि लगायतका समस्याको परीक्षण, आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया तथा पाठेघरसम्बन्धी उपचार सेवा उपलब्ध भएको थियो । साथै, आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । नगरपालिकाले स्वास्थ्य संस्थाहरूको नियमित समीक्षा र यस्ता लक्षित स्वास्थ्य शिविरमार्फत नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *