पनाैती । ज्वालामुखी कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा मंसिर २७ गते शनिबार संस्थाको कार्यालय भवनमा संस्थाका अध्यक्ष शैलेश केसीको सभाध्यक्षता र पनौती ८ का बिरोचन केसीको प्रमुख आतिथ्यमा सम्पन भएको छ।
सभामा प्रमुख अतिथि विरोचन खत्रीले द्वीप प्रजोलन गरी विधिवतरूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो भने संस्थाका सचिव रविकुमार केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
संस्थाको १३ औं बार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई संस्थाको तर्फबाट मुरारी सुवेदीले संस्थाले विभिन्न आरोह अवरोहलाई पार गर्दै शेयर सदस्यहरुको विश्वास, साथ, सहयोग र मायाले गर्दा यस सभामा भाग लिने अवसर जुरेको कुरालाई ब्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नुभयो।
यसैगरी सचिव रविकुमार केसीले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक प्रगति प्रतिवेदन पेस गरी आव २०८२/०८३ को बार्षिक योजना तर्जुमा गर्नुभयो। संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र बस्नेतले आव २०८१/०८२ को आर्थिक प्रतिबेदन पेश गरी २०८२/०८३ को बार्षिक बजेट तर्जुमा गर्नुभयो भने लेखा सुपरीवेक्षण समिति संयोजक मुरारी सुवेदीले आव २०८१/८२ को बार्षिक प्रतिवेदन पेश गर्नुभयो।
यसैगरी यस आर्थिक वर्षमा अधिकतम शेयर खरिद गर्ने पनौती ८ का सदस्य शंखर केसी, उत्कृष्ट बचतकर्ता पनौती ८ का विदुर केसी, उत्कृष्ट बाल बचतकर्ता पनौती ८ का प्रमिशा केसी, उत्कृष्ट ऋणी सदस्य सुमित्रा केसी र जेष्ठ नागरिक सम्मान पनौती ८ का सिद्धकुमारी राउतलाई सभापति शैलेश केसी र प्रमुख अतिथि बिरोचन केसीले सम्मान प्रदान गर्नुभयो।
अन्त्यमा संस्थाकी उपाध्यक्ष इन्दिरा राउतले सभामा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सभापति शैलेश केसीले आफ्नो मन्तव्य राख्दै सभाको उद्घाटन सत्र समापन गर्नुभयो।
