बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न वडाबाट एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने लर्काे नै लागेको छ । वडा नम्बर ४ को चलालगणेस्थानमा जेनजीहरु २ सहित ३ जना कांग्रेसमा प्रवेश गरेका छन् । यस्तै च्यासिङखर्कमा २९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसको चुनावी कार्यक्रममा बेथानचोक पुगेका काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्यले टिका लगाएर उनीहरुलाई कांग्रेसमा स्वागत गरेका छन् । लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीति गरिरहेका कुमार केसी र प्रेमबहादुर तामाङ गोलेको संयुक्त प्रयासमा ती युवाहरु सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा डम्बरबहादुर तामाङ, चन्द्रबहादुर गोले, सोनाम तामाङ, सन्देश तामाङ, अनिल तामाङ, लक्ष्मी लामा तामाङ, साहिँली तामाङ, भीम नेपाली र पदमबहादुर खत्री रहेका छन् । यस्तै सुशीला दमाईँ, धनमाई सुनार, सुकुदेवी नेपाली, रमिला सुनाम र शंकर नेपाली पनि कांग्रेसमा प्रवेश गरेका छन् । एमालेको राजनीतिप्रति वितृष्णा जागेर आफूहरु कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।
यसैबीच नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर २ को घरदैलो अभियान तिब्ररुपमा अघि बढीरहेको छ । पाँचखालबाट शुरु भएको अभियान, बनेपा, भुम्लु हुँदै बेथानचोक पुगेको हो । माघ २७, २८ र २९ गते मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा कार्यक्रम तय भएको कांग्रेस चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।
जिल्ला सभापति तीर्थ लामाद्वारा नवप्रवेशीलाई पार्टीमा स्वागत
काभ्रेको तेमाल गाउँपालिकाका २ दर्जन युवा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । तेमाल–८ ल्लोङसालमा आज २० जना युवा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् ।
वडा कार्यसमितिले आयोजना गरेको प्रतिनिधिसभा–१ का उम्मेदवार गुणराज मुक्तानसँगको भेटघाट तथा चुनावी कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नवप्रवेशीहरुलाई टीका तथा खादा लगाई पार्टी प्रवेश गराएका छन् ।
कांग्रेस प्रवेश गर्नेमा उमेश थपलिया, बिमल परियार, बेलिमाया तामाङ, सुरा सिं भोम्जन, मानबहादुर भोम्जन, बिचारी थोकर, वीरबहादुर थोकर, सलाम सिं भोम्जन, ठुली कान्छी तामाङ, ङेमा तामाङ, पदमकुमारी राय, रोहित तामाङ, हीरालाल थोकर, नानीराम शिवभक्ति, गौरी बानियाँ, काइली तामाङ, गणेश खड्का र रामशरण शिवभक्ति लगायत छन् ।
त्यस्तै तेमाल–७ कुरुवासका युवासमेत नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पन्चमाया तामाङ, यांग्सुम तामाङ, सरिता तामाङ, दुर्गाकुमारी ठकुरीसमेत नेपाली कांग्रेस प्रवेश गरेको तेमाल कांग्रेसका सभापति ज्ञानबहादुर तामाङले बताए ।
