काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन् ।

उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ का उम्मेदवार थिए । बिहीबार दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकाले आफूले यो निर्णय लिएको उल्लेख गरेका छन् ।

हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन् । वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *