काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं २ का ४० जना युवा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौँको बालुवाटारमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै काभ्रे–१ का कांग्रेस उम्मेदवार गुणराज मुक्तानलाई प्रत्यक्ष सघाउने गरि उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले स्वागत गर्दै पार्टीको सदस्यता दिएका छन् । सदस्यता परिचयपत्र प्रदान गर्दै लामाले युवाहरुको भविष्य बोकेको कांग्रेस पार्टीमा आउनुहुने सबै तरुण साथीहरुको संरक्षण र प्रवद्र्धनमा आफू लाग्ने बताए । बागमती प्रदेश सभा सदस्यसमेत रहेका लामाले स्थानीय विकास निर्माणमा आफू सदैव लाग्ने बताउँदै नवप्रवेशी युवालाई पार्टीमा नेतृत्व व्यवस्थापनसहित लैजाने बताए । पार्टीमा जहिले प्रवेश भएपनि निरन्तरको सक्रियताले चाडै अवसर पाउने भएकाले सबैले निर्वाचनमा परिणाम देखाउने गरि आफ्ना वडा र पालिकामा खट्नसमेत सभापति लामाले आव्हान गरेका छन् ।
नेपाली कांग्रेस काभ्रेका सचिव रहेका प्रतिनिधिसभा–१ का उम्मेदवार गुणराज मुक्तानले नवप्रवेशीलाई स्वागत गर्दै पार्टी र आफूलाई विश्वास गरि कांग्रेसको घरमा आउनुभएका सबै आफ्नो परिवारको सदस्य भएको बताए । उनले सबैलाई परिवारको सदस्य जस्तै मिलेर बस्ने र कांग्रेसको घर बलियो बनाउन पारिवारिक भएर बस्न आग्रह गरे । ’निर्वाचनको मुखमा पार्टीलाई विश्वास गरेर आउनु भएको छ, चुनाव जित्नेगरी लाग्न आग्रह गर्छु । सांसद जितेर युवाका मुद्दा बोक्छु ढुक्क हुनुस्,’ उनले भने ।
काभ्रेको तेमाल गाउँपालिका वडा न २ सस्र्युंङखर्क स्थायी घर भई अध्ययन र व्यापार–व्यवसायको शिलशिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्ने युवाहरु कांग्रेस प्रवेश गरेका थिए । राजनीतिको नयाँ यात्रामा आउनु भएका युवाहरुको माग सुशासन र स्थानीय विकास रहेको छ । उनीहरुलाई स्वागत गर्दै तेमाल गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस नेता चन्द्र लामाले युवाहरुको भावनाअनुरुप पार्टी नेतृत्वले विकास निर्माण र युवाका क्षमतावृद्धिमा प्राथमिकता दिने बताएका छन् ।
नेकपा एमाले, तात्कालिन माओबादी, नेकपा र रास्वपा परित्याग गरेर तेमालका सागर तामाङ, मिङमा तामाङ तथा जनम लामा लगायत ४० जना युवा कांग्रेस प्रवेश गरेका हुन् ।
को को गरे त पार्टी प्रवेश ?
सागर तामाङ, मिङमा तामाङ, सुरज तामाङ, लक्ष्यबहादुर तामाङ, योगेन्द्र तामाङ, बिन्दास लामा, तेर्सांङ लामा, असराम लामा, विजय लामा, अबि लामा, निरज तामाङ, बिपिन तामाङ, रकमसिं तामाङ, कान्छालाल तामाङ, इच्छाराम तामाङ, रमित लामा, रोहित लामा, बिबश तामाङ, सोमबहादुर तामाङ, महेश तामाङ, साजन तामाङ, अनिल तामाङ, रुपक तामाङ, शक्ति तामाङ, अजित आलेमगर, हस्तबहादुर तामाङ, बिक्रम तामाङ, निराजन तामाङ, मुस्कान तामाङ, डीबी लामा, दिपक लामा, विजय लामा, जय लामा, जनम लामा, शान्ति लामा, तेमालसिं तामाङ, धनिकराम तामाङ, शनि तामाङलगायत छन् ।
नेपाल तरुण दल प्रदेशसभा (क) का सभापति एवं युवा व्यवसायी रामध्वज लामा (आरडी) को नेतृत्वमा उनीहरु पार्टी प्रवेश गरेका हुन् । उनका अनुसार गगन थापा पार्टीको सभापति भएपछि कांग्रेसमा युवा आकर्षण बढ्दो छ। काभ्रेको सन्दर्भमा जिल्ला सभापति तीर्थ लामाले गरेको विकास निर्माणको अगुवाई र अहिले प्रतिनिधिसभामा शिक्षित युवा गुणराज मुक्तान उम्मेदवार भएर आएपछि काभ्रेमा तरुणहरुको कांग्रेसप्रति भरोसा बढेको रामध्वज लामाले बताए ।
क्षेत्रीय समितिका सदस्य शंकरमान तामाङका अनुसार ठूलो संख्यामा पार्टी प्रवेशले कांग्रेसप्रतिको भरोशा बढेको र आफ्नो जिम्मेवारीसमेत थपिएको छ। यसले आफ्ना वडा र पालिकाको विकासमा एकता कायम भएको उनले खुशी व्यक्त गरेका छन् । उनले भने –’निकै मिहेनत गरेर यति ठूलो माहोल बनेको छ यसले कांग्रेसको पक्षमा ऊर्जा थपेको छ ।’
प्रतिनिधिसभा १ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक दिनेश लामाको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरि, प्रवक्ता सन्त लामा, जिल्ला सदस्यहरु मुक्ते लामा, राजु अर्याल, ज्ञानबहादुर लामा, भोला भट्टराई, कान्छामान लामा, ज्ञानबहादुर लामा (जीबी), राजन गौतम, बुद्धराज मोक्तान, हिरा लामा, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, काभ्रे–काठमाडौँ सम्पर्क समितिका सभापति बद्रिराज तिमल्सिना, नेपाल सांस्कृतिक संघका सभापति मिम दोङ, प्रतिनिधिसभा १ का सचिव किशोर गिरि, प्रतिनिधिसभा १ का सम्पर्क समिति सभापति राजन लामा, प्रदेश सभा (क) का कोषाध्यक्ष रमेश लामा, चौंरीदेउरालीका वडाअध्यक्ष चन्द्रराज वाइबा, रोशी गाउँपालिका सभापति दुधराज लामा लगायतका नेता उपस्थित थिए ।
