filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 151.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका–५ श्रीखण्डपुरमा अवस्थित सेन्टलम एल्बम एकेडेमी स्थापना भएको आज २१ वर्ष भयो ।

०६२ सालमा स्थापित यस स्कूलले विगत दुई वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको छ । ०८२ सालको एसईई परीक्षामा यहाँबाट १७ जना विद्यार्थी सहभागी थिए । जसमा १५ जना उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् ।

उपयुक्त वातावरणले गर्दा यहाँ पछिल्ला दिनहरुमा विद्यार्थीको संख्या पनि बढ्दै गइरहेको छ । बढ्दो प्रतिस्पर्धाका बीच पनि विद्यालयले विभिन्न नयाँ नयाँ कार्यक्रमहरु अघि सारेर अध्यापन गराउँदै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने विद्यालयका प्रशासनिक इन्चार्ज खगेन्द्रबहादुर हमालले बताउनुभयो ।

विद्यालयका अनुसार यहाँ हाल ५ सय ५० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेमै विद्यालयको ध्यान जाने गरेको भन्दै हमालले अभिभावकले पनि यसमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तरबारे सल्लाह र सुझाव दिन अनुरोध गर्नुभयो ।

कक्षा ११ को नयाँ भर्ना शुरु भइसकेको र यो विद्यालयकै चौथो व्याच रहेको बताउँदै प्रधानाध्यापक ज्ञवालीले एकपटक सेन्टलम एल्बम एकेडेमीमा भिजिटका लागि विद्यार्थी र अभिभावकलाई अनुरोध गर्नुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *