बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले मंगलबार १८ औं वार्षिक उत्सव एवं २०८० सालमा एसईई उत्तीर्ण भएका विद्यार्थीलाई बिदाइ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

अरनिको पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अतिथीको रुपमा काठमाडौं विश्वविद्यालयका कार्यबाहक उपकुलपति डा अच्युत वाग्ले हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई स्वदेशमै रोक्न सक्ने गरि सीपमूलक शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । प्रविधीको सदुपयोगले शिक्षालाई सीपमुलक बनाएको तर यसको दुरुपयोगले आज धेरै विद्यार्थीलाई बिगारेको बताउँदै उहाँले नयाँ पुस्तालाई सहि शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालय संचालक समितिका सदस्य हरिगोपाल प्रधानाङ्गले ०६३ सालदेखि जिल्लाको कात्तिकेदेउरालीबाट यो विद्यालय शुरुवात भएको र पछि बनेपामा स्थानान्तरण गरि हालसम्म संचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ०६६ सालदेखि यस विद्यालयले एसएलसी परीक्षामा विद्यार्थी समावेश गराउन थालेको हो । त्यसयता हालसम्म ५१२ जना विद्यार्थीले एसएलसी÷एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भएका छन् । हाल विद्यालयमा प्लेग्रुपदेखि कक्षा १० सम्म ८१० विद्यार्थी अध्ययनरत छन् । ६० जना शिक्षक र अन्य कर्मचारी कार्यरत रहेको यस विद्यालयले १९१ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथीलगायत अन्य अतिथीहरुले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यार्थीहरुका सांगितिक प्रस्तुतीले कार्यक्रम रोचक र रमणीय बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *