बनेपा । आदर्श विद्या मन्दिर बनेपाले आफ्नो विद्यालयको कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमल्सिना, प्रमुख अतिथि कवि, साहित्यकार एवं समालोचक, भाषाविद्, प्राध्यापक, डा. रामप्रसाद ज्ञवाली, आइएसओ, युएमएसका अन्तर्राष्ट्रिय अडिटर, कलेजका कोअर्डिनेटर शिक्षासेवी एवं कन्सल्टेन्ट शैलेन्द्र खरेल, शिक्षण सिकाइका अध्ययन वैज्ञानिक चन्द्रप्रसाद लुईंटेल, बिइसीका उद्धव तिमल्सिना, संस्थापक अध्यक्ष इन्द्रमणि तिमल्सिनाले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले विद्यालयको चिनारीका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । एबिएम स्कूलको शिक्षाबाट नै साश्वत सत्य प्राप्त हुन्छ भन्ने मुल ध्येयबाट स्थापित आदर्श विद्या मन्दिर स्कुलको स्थापमा २०६० सालमा भई शिक्षा क्षेत्रको यात्रा शैक्षिक सत्र २०६१ वैशाखबाट भएको हो ।
भौगोलिक बनावट र बातारणीय हिसाबले बनेपाको उचाईमा रहको तथा पूर्विय दर्शन र आध्यात्मिक चिन्तनलाई मनन गरि प्राविधिक हिसाबले अत्यन्तै शान्त रमणीय स्वच्छ शान्त बाताबरणमा बनेपा न पा बनेपा, ११ बनेपा हाइटमा अवस्थित स्कूलका करिव ५ रोपनी क्षेत्रफलमा आफ्नै ४ वटा पक्की भवन तथा अन्य वल्कहरुबाट निर्मित स साना २ वटा भवन पर्याप्त खेल्ल मैदान र काभ्रे जिल्लाको पहिलो फुटसल एवं पिकल बल खेल खेल्ने स्थान, विद्यार्थीको आवतजावत गर्नका लागि ५ वटा स्कूल वस, विद्यार्थीहरुको आफ्नो रुचि अनुसारको विषय अध्ययन, अनुसन्धान र खोज बहस गर्नका लागि विज्ञान प्रयोगशाला, मल्टिमिडिया हल, योगकक्ष, साधनकक्ष, न्याय तथा इजलास कक्ष, हरेक कक्षामा प्रोजेक्टर तथा स्मार्ट बोर्डको प्रयोग हुने गरेको छ ।
साथै विषयबस्तु अनुसार सामुदायिक, कार्य अवलोकण भ्रमण जस्ता क्रियाकलापको प्रयोगबाट विद्यार्थीहरुको अधिकतम तथा आधुनिक तथा नविनतम् प्रविधिको प्रयोग गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहको छ । यसैको प्रतिफल स्वरुप २०७८ सालबाट माध्यामिक शिक्षा कक्षा १० को परीक्षामा काभ्रे जिल्ला प्रथम हुन सफल भएको छ भने यस शैक्षिक सत्रमा कक्षा ११ मा करिव ५ सय जना विद्यार्थी भर्ना प्रक्रियामा आएको मध्येवाट १७२ जना विद्यार्थी भर्ना भएका छन् । जसमा व्यवस्थापन समुहमा १०५ जना तथा कानून समूहका २७ तथा विज्ञान समूहमा ४० जना विद्यार्थी भर्ना भएका भने कक्षा १२ उर्तिण गरी जानेको संख्या ११८ जना रहेको छ । यस वर्ष कक्षा ११ र १२ मा गरी जम्मा ३२ जना विद्यार्थीले छात्रवृत्ति पाई अध्ययन गरिरहेका छन् ।
त्यस्तै कलेजमा अध्यापन गराउने लगनशिल शिक्षकशिक्षिका जसले विद्यार्थीको सिकाइलाई सुक्ष्म रुपमा विश्लेषण सिकारुको रुची विषयगत शैक्षिणक ज्ञान, पाठ्यक्रमले निर्दिष्ट गरेको विशिष्टिकृत उद्देश्य प्राप्त हुने गरी शिक्षण सिकाईका क्रियाकलाप गर्ने, निर्णयात्मक तथा निर्माणात्मक मुल्याकंन प्रणालीको प्रयोग गरिनुका साथै शिक्षालाई समुदाय र जीवनोपयोगी सिप व्यवहारसंग जोड दिइ सिकाईलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।
