धुलिखेल । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा लगाइएको रोक लम्बिएको छ ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिए ।
काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।
