काभ्रे । जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिकले २२ वर्ष पूरा गरी २३औं बर्षमा प्रवेश गरेको अवसरमा नेत्रवाण डटकम नामक अनलाइन पोर्टलको शुभारम्भ गरेको छ ।
‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारालाई अँगाल्दै अघि बढेको साप्ताहिकले बिहीबार धुलिखेलमा २३ औं स्थापना दिवसमा यदुनाथ गौतम देउपुरे प्रधान सम्पादक र पत्रिकाका सहसम्पादक चित्रप्रसाद घिमिरे (हरिहर) सञ्चालक रहेको उक्त अनलाइन पोर्टल औपचारिक रुपमा उद्घाटन गरेको हो ।
कार्यक्रममा पूर्व सभामुख, पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अग्नीप्रसाद सापकोटाले अनलाइन शुभारम्भ गर्दै मुलुकमा परिवर्तन सञ्चार माध्यमले ल्याएको जनाउँदै अबको आवश्यकता डिजिटल पत्रकारिता रहेको बताए ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य सुर्यमान दोङ, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, मण्डनदेउपुर नगरपालिका काभ्रेका उपप्रमुख विष्णुमणि नेपाल, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायतले सञ्चारको महत्वबारे बोलेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काभ्रेका संयोजक भोला अर्याल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना र पत्रिकालाई सहयोग गर्ने अमृत अधिकारी, रविन मानन्धर, शुभराज अधिकारी, बिपशना शाक्य, चित्रप्रसाद घिमिरे, मनिषा तिमल्सिना, सीता थापा, कृष्णबहादुर खत्री लगायत विभिन्न संघसंस्था र व्यक्तित्वलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *