काभ्रे । काभ्रे र सिन्धुपाल्चाेक जिल्लाकाे सीमाना नदीहरु इन्द्रावती र सुनकोशीमा मोटरबोट संचालनको परिक्षण गरिएकाे छ ।
भुम्लुको पर्यटन प्रबर्द्धन र विकासका लागि दोलालघाटस्थित इन्द्रावती र सुनकोशी नदीमा मोटरबोट संचालनको परिक्षण गरिएकाे हाे ।
यसका लागि भुम्लु गाउँपालिका र महांकाल वाटर सर्भिसबीच एक वर्ष पहिले नै सम्झौता गरिएको थियाे । त्यसकाे झण्डै एक बर्षपछि बिहीबार माेटरबोट संचालनकाे परिक्षण भएको हाे । परिक्षणमा आन्तरिक पर्यटककाे उत्साहजनक उपस्थिती देखिएको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले जानकारी दिनुभयाे ।
