बनेपा । काभ्रेको बनेपामा ‘नेपाली भाषा व्याकरणसम्बन्धी एकदिने क्षमता अभिवृद्धि’ तालिम सम्पन्न भएको छ ।

सोमबार प्याब्सन बनेपाको आयोजनामा तालिम सम्पन्न भएको हो । बनेपास्थित गौतम भिलेज रिसोर्टमा सम्पन्न तालिममा ४५ विद्यालयको सहभागिता रहेको थियो । जसमा ८० जना सहभागी भएको आयोजक प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिनुभयो ।

यस संस्थाले बेलाबेलामा यस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसकै निरन्तरतास्वरुप आज तालिम कार्यक्रम भएको हो । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा योगदान पु¥याउनु हुने सम्पूर्णलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *