सिन्धुपाल्चोक । क्यौरानी युवा समाज, मेलम्ची नगरपालिका–८ ले नजिकिँदै गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै जलवाईदेवी माध्यमिक विद्यालय, मेलम्ची–८ लाई रु १० हजार ५० (दश हजार पचास रुपैयाँ) बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएका सामग्रीमा मिकासा भलिबल २ सेट, भलिबल नेट १ सेट, ब्याडमिन्टन १ सेट, ब्याडमिन्टन कक १ सेट, स्किपिङ २ सेट तथा भलिबल पम्प १ सेट रहेका छन् ।
यसै अवसरमा आकाश निर्माण सेवा प्रा. लि. का सञ्चालक तथा क्यौरानी युवा समाजका संयोजन समितिका संयोजक दिनेश गिरीले विद्यालयलाई २० सेट खेलाडी जर्सीसमेत हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा सहभागीहरूले खेलकुदका माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा यस्ता सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै खेलाडी भाइबहिनीहरूको उत्कृष्ट खेल प्रदर्शनको कामना गरेका छन् ।
