सिन्धुपाल्चाेक । मेलम्ची-९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिकाेत्सव शनिबार सम्पन्न भएकाे छ । नगरप्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । साे अवसरमा मेलम्ची नगर प्रमुख तामाङले शैक्षिक उपलब्धी हासिलका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकार सबैकाे उत्तिकै दायित्व रहेकाे बताउनुभएकाे छ ।

मेलम्ची-९ , रातमाटास्थित सातकन्या माविकाे त्रिपन्नाैं वार्षिक उत्सव तथा अभिभावक भेलाकाे उद्घाटन गर्दै उहाँले विद्यालयकाे स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भाैतिक उपलब्धी हासिल हुन सक्ने बताउनु भएकाे हाे । उहाँले मेलम्ची नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाकाे उन्नयनमा निरन्तर लागिरहेकाे पनि बताउनुभयाे ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले समाज विकासकाे मुल आधार शिक्षाको विकास भएकाले नगरले शैक्षिक क्षेत्रमा उल्लेख्य लगानी गरेकाे जानकारी दिनुभयाे । उहाँले संघीयता कार्यान्वयनसँगै शैक्षिक क्षेत्रकाे विकासले फड्काे मारेकाे बताउनुभयाे ।

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले शिक्षाको उद्देश्य अक्षर जान्ने मात्र नभएर संस्कार र संस्कृतिकाे ज्ञान लिनु पनि भएकाले सामुदायिक विद्यालयले सामाजिक अध्ययनलाई जाेड दिनुपर्ने उल्लेख गर्नुभयाे ।

उत्सवकाे मुल समाराेहमा वडानम्बर ९ का वडाअध्यक्ष किरणदीप खड्का, नगर शिक्षा अधिकृत लक्ष्मीकिशाेर सुवेदी, युवा व्यवसायी अनिलकुमार तामाङ, पूर्व वडाअध्यक्ष कमलबहादुर खड्का, समाजसेवी चन्द्रबहादुर तामाङ , जनता माविका प्रधानाध्यापक केदार विष्ट, पूर्वशिक्षक गाेपालबहादुर कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

प्रधानाध्यापक जनक अधिकारीले प्रगति प्रतिवेदन तथा व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर घलेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आइडल गंगा साेनाम र युवा व्यवसायी अनिलकुमार तामाङलाई सम्मान गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *