सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित जय बागेश्वरी मन्दिर क्षेत्रमा गत शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

समाजसेवी धनबहादुर पाण्डेको समन्वयमा आयोजित उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा उल्लेखनीयरूपमा नेपालमा सबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्तिका रूपमा परिचित प्रेमसागर कर्माचार्यले पनि सहभागिता जनाउँदै रक्तदान गर्नुभयो ।

कर्माचार्यले आजसम्म १८६ पटक रक्तदान गरिसक्नुभएको जानकारी दिँदै उहाँको योगदानले अन्यलाई पनि प्रेरणा दिएको सहभागीहरूले बताएका छन् । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने पाण्डेले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *