काभ्रे । धुलिखेल ५ स्थित श्रीखण्डपुर मा.वि को ४६औं वार्षिक उत्सव तथा पढ्नु वितरण कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक गोपाल धुजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयको शिक्षिका शोभा दाहाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । धुलिखेल नगरपालिकाका सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, धुलिखेल नगरपालिकामा शिक्षा शाखाका भोजकुमार ठकुरी, धुलिखेल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षक उत्कृष्ट २०८० सालमा वढुवा हुने शिक्षक जिपिएमा सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने शिक्षकलाई सम्मान तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
विद्यालयका प्रअ जुजूभाई मानन्धरले प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विभिन्न विधामा अक्षयकोष राख्ने अक्षयकोष दाताहरुको उत्कृष्ट विद्यार्थीहकलाई पदक, प्रमाण पत्र तथा पुरस्कार समेत वितरण गर्नुभएको थियो । विद्यालयका पुर्व शिक्षक रमेशकुमार महतले आफ्ना पिताका नामबाट अर्काे वर्षदेखि प्राप्त हुने ब्याचबाट छात्रवृत्ति दिनेगरी एक लाख एघार हजार एक सय एघार रुपैयाको छात्रवृत्ति अक्षयकोषको घोषणा समेत गर्नुभएको थियो ।
विद्यालयका शिक्षक रोहित फुयालले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले गीत नृत्य समेत प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जात्मक बनाएका थिए ।
