मुरहरि रायमाझी
कहिले घाम कहिले छायाँ केछ र जीवन
अजर छैन अमर छैन नश्वर जीवन ।
कहिले घाम कहिने पानी दिन र रातमा
के लोभ गर्नु त्यो औलादौला जाँदैन साथमा ।
के काम धन भएर पनि सन्तोष विहिन
मिल्दैन खुसी हालेर पनि धनकै निहिन ।
महत्वकांक्षा राखेर मन हुँदैन जलाइ
हुद्देरी बल्छ ननिम्नेगरी चाहिन्न सलाई ।
कुकर्म गरी जोडेको भए सुन र हिरानी
लाग्दैन निद्रा पैसाकै हाली सुते नि सिशनी ।
काहिँदा पनि ती तरुहरू आउँछन् पलाइ
ती महामना गर्दछन् सधैँ अरुकै मलाइ ।
निष्काम कर्म किसान गर्छ पाखुरी चलाइ
जहान पाली अरूनि पाल्छ ऊ बाली फलाइ ।
सन्तोष जहाँ सुख छ उहाँ पाइन्न किनेर
गन्तव्य भेट्न पुगिन्छ कहाँ त्यो उल्टो हिनेर ।
त्यो परनिन्दा विद्वेष बढ्ने भावना धारण
विनाश हुने अवश्यमेव यही हो कारण ।
त्यो टुप्पोबाट पलाको मान्छे हुन्न रे असल
जहिले पनि मपाई बेच्न थाछिरे पसल ।
कसैगरी मन दुष्कर्म तिर पल्किए सिद्धिन्छ
यो जिन्दगानी डाँडाको जुन ढल्किए सिद्धिन्छ । ‘इति’
