ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह -दोस्रो चरण) शुक्रबार सम्पन्न भएको छ । समारोह शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्नुभएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले स्वागत मन्तव्य गर्नुभयो भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अन्य विश्वविद्यालयभन्दा काठमाडौँ विश्वविद्यालयमा आउँदा अलि बढी खुशी भएको अनुभव सुनाउनुभयो । उहाँले आफू चार वर्ष पहिले सोही विश्वविद्यालयको विद्यार्थी भएको स्मरण सुनाउँदै अहिले जिम्मेवारी थप भएपछि सम्बोधन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । दीक्षित विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै उहाँले भन्नुभयो, ‘आजभन्दा चार वर्ष अगाडि म सन् २०२२ मा यस्तै समारोहबाट म दीक्षित भएको थिएँ । आज चार वर्षपछि जिम्मेवारीको हिसाबमा शिक्षा तथा खेलकुदमन्त्री र सहकुलपतिको रूपमा आएको छु । त्योभन्दा बढी भावनात्मक नाताले केयूको पूर्वाविद्यार्थीको हिसाबले यहाँ उभिएर बोल्न पाउँदा अझ बढी खुशी र गर्व लागेको छ ।’
समारोहका प्रमुख अतिथी भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा.डा. भूपेन्द्र पाटवर्धनले काठमाडौं विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालयका तुलनामा फरक शैक्षिक गन्तव्य भएको उल्लेख गर्दै विश्वविद्यालय र विद्यार्थीहरूको थप सफलताको कामना गर्नुभयो ।
यसपटकको दीक्षान्त समारोहमा १ हजार ५२७ जना विद्यार्थी दीक्षित भए । तीमध्ये विद्यालय अफ आट्र्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना रहेका छन् । दीक्षित हुने मध्ये विद्यावारिधि -एजम्रम्ःरःऋज) तहका २१, ःएजष्रिःबकतभच दथ च्भकभबचअज का ९३, स्नातकोत्तर तहका २७९, एन्म्भ् तहका २ जना तथा स्नातक तहका १ हजार १३२ जना रहेका छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये ८०० जना -५२.३९ प्रतिशत) पुरुष र ७२७ जना -४७.६१ प्रतिशत) महिला छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ जना विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् ।् जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो । विश्वविद्यालयका अनुसार यो संख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
यसवर्ष काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलो पटक द्यबअजभयिच या त्भअजलययिनथ ष्ल ब्चतषष्अष्ब िक्ष्लतभlिष्नभलअभ कार्यक्रमका २६ जना, म्यअतयच ःभमष्अष्लबभ ष्ल ल्भयलबतययिनथ अन्तर्गत ३ जना तथा ःबकतभच या क्अष्भलअभ ष्ल ःभमष्अब िद्यष्यअजझष्कतचथ बलम ःयभिअगबिच द्यष्ययिनथ अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको थियो । यो दोस्रो चरणको दीक्षान्तपछि काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१ हजार ५६७ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्णको करिब १२ प्रतिशत हो ।
दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरियो । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी ऋन्एब् ३.९९ प्राप्त गरी द्यबअजभयिच या भ्लनष्लभभचष्लन ष्ल ऋयmउगतभच भ्लनष्लभभचष्लन उत्तीर्ण गरेकी रिश्ता श्रेष्ठलाई प्रदान गरिएको थियो । त्यसैगरी महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसन अन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी ऋन्एब् ३.९७ प्राप्त गरी ःबकतभच या भ्मगअबतष्यल ष्ल ीभबमभचकजष्उ बलम ःबलबनझभलत उत्तीर्ण गरेकी अन्जु कुमारीलाई प्रदान गरियो ।
सभामा उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजको नयाँ अस्पताल निर्माण परियोजनाबारे पनि जानकारी गराउनु भयो । उहाँका अनुसार एसियाली विकास बैंक -ब्म्द्य) ले करिब ४ अर्ब रुपैयाँ लगानी गर्न सहमति जनाएको छ । उक्त रकममध्ये २ अर्ब रुपैयाँ अनुदान र २ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ । परियोजनाका लागि ब्म्द्य मार्फत म्गभ म्ष्ष्निभलअभ तथा म्भतबष्भिम एचयवभअत च्भउयचत ९म्एच्० तयार गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको जानकारी विश्वविद्यालयले दिएको छ ।
