धुलिखेल । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित उपकुलपति छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूमध्ये ३५ जनाको दरखास्त स्वीकृत गरेको छ ।

समितिले सार्वजनिक गरेको æदरखास्त स्वीकृतसम्बन्धी सूचनाæ अनुसार æकाठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३æ बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि २०८३ साउन ४ गते बसेको समितिको निर्णयअनुसार ३५ जनाको आवेदन स्वीकृत गरिएको हो ।

स्वीकृत आवेदन दिनेहरूमा सुबोध शर्मा, रोजी श्रेष्ठ, शेषानन्द सञ्जेल, एकराज ओझा, राजेन्द्र ज्ञवाली, बालचन्द्र लुइँटेल, मनिष पोखरेल, प्रचण्डमान प्रधान, ऋषिकेश पाण्डे, समीर खरेल, सुनिलकुमार जोशी, निरञ्जन पराजुली, सागरराज शर्मा, कन्हैया झा, माधव लम्साल, धीरज गिरी रहेका छन् ।

यस्तै वेदमणि दाहाल, दयाराम पोखरेल, रविन्द्रप्रसाद कायस्थ, हरिप्रसाद न्यौपाने, ध्रुवप्रसाद गौचन, सञ्जयनाथ खनाल, भूपाल गोविन्द श्रेष्ठ, रविन्द्र विष्ट, विकास नकर्मी, राजेन्द्र जोशी, बिमप्रसाद श्रेष्ठ, अच्युतप्रसाद वाग्ले, विराजसिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजनभक्त कायस्थ, जनार्दन लामिछाने, बालकृष्ण बल र रामकृष्ण रेग्मी रहेका छन् ।

समितिले सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ । अब कार्यविधि अनुसार उपकुलपति छनोटको आगामी प्रक्रिया अघि बढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *