काठमाडौं । जुझारु युवाहरुको सक्रियतामा स्वतस्फूर्त रुपमा हरेक वर्ष जनवरी १ का दिन मनाइने राष्ट्रिय टोपी दिवस आज पनि मनाइएको छ । काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी १२ औं राष्ट्रिय टोपी दिवस मनाइएको हो ।
जागरुक युवा अभियान नेपालले  हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ । यस वर्षको टोपी दिवसको नारा ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपालको पहिचान’ रहेको थियो ।
विगत केही वर्ष कोरोना संक्रमण लगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि गत वर्षदेखि भने औपचारिक कार्यक्रम सहित टोपी दिवस मनाउन थालिएको र यो वर्ष पनि मनाइएको संस्थाका संस्थापक रामजी बलामीले जानकारी दिए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । वसन्तपुरमा जम्मा भएका अभियन्ताहरुले राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *