काभ्रे । लगातार भइरहेको वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ साधारणसभा स्थगित गरेको छ ।

संस्थाले बिहीबार एक सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा भई बाढी तथा पहिरोको उच्च जोखिम बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ । स्थानीय प्रशासनले समेत अत्यावश्यक कामबाहेक हिँड्डुल नगरी सुरक्षित रहन सूचना जारी गरेको अवस्थामा साधारणसभा सञ्चालन गर्दा सदस्यहरूको आवतजावतमा समस्या पर्न सक्ने भएकाले सभा स्थगित गरिएको संस्थाले जनाएको हो ।

संस्थाका अनुसार २०८३ असोज ९ गतेदेखि ११ गतेसम्मका लागि तोकिएको ३३औँ साधारणसभाका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । निरन्तरको वर्षाका कारण यातायातका साधन सञ्चालनमा समेत असहजता उत्पन्न भइरहेकाले शेयर सदस्यहरूको आवतजावतमा समस्या पर्ने देखिएको र आम शेयर सदस्यहरूबाट समेत प्रतिकूल मौसमका कारण साधारणसभा स्थगित गर्न सुझाव प्राप्त भएको संस्थाले जनाएको छ ।

संस्थाले मौसममा आएको प्रतिकूल परिस्थितिको जोखिम शून्य बनाएर आफ्ना गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई आग्रह गर्दै मौसम अनुकूल भएपछि साधारणसभाको नयाँ मिति तय गरी सूचना जारी गरिने जनाएको छ । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोकमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *