पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–८ काभ्रेपलाञ्चोकले आफ्नो ३२औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । संस्थाले विभिन्न सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यलाई लक्षित गरी दुई दिनमा साधारणसभा सञ्चालन गर्न लागेको हो ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक २० गते शुक्रबार कुशादेवी, बनेपा, ढुंखर्क र भकुण्डेबेँसी सेवा केन्द्र अन्तर्गतका सदस्यहरूको साधारणसभा हुनेछ। कुशादेवीको साधारणसभा कुशादेवी पार्टी प्यालेस, पनौती–२ मा, बनेपाको बनेपा पार्टी भेन्यू, बनेपा–८ मा, ढुंखर्कको श्री पार्वती माध्यमिक विद्यालय, वैथानचोक–२ ढुंखर्कमा तथा भकुण्डेबेँसीको कुटुम्ब रिसोर्ट, नमोबुद्ध–७ मा आयोजना गरिने संस्थाले जनाएको छ ।

त्यस्तै कात्तिक २१ गते शनिबार पनौती, पाँचखाल र काठमाडौं सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यहरूको साधारणसभा हुनेछ। पनौतीको साधारणसभा संस्थाको मुख्य कार्यालय पनौती–४, टौखालमा, पाँचखालको गौरीशंकर पार्टी प्यालेस, पाँचखाल–९, शिवपुरमा र काठमाडौंको युनिभर्सल क्याफे, सुकेधारा, काठमाडौं–४ मा सञ्चालन हुने सूचनामा उल्लेख छ। साधारणसभा बिहान ९ः३० बजेदेखि बेलुकी ४ः०० बजेसम्म सञ्चालन हुनेछ।

संस्थाले साधारणसभामा सहभागी हुने शेयर सदस्यले अनिवार्य रूपमा परिचयपत्र लिएर उपस्थित हुन अनुरोध गरेको छ। परिचयपत्र नभएका सदस्यले सम्बन्धित सेवा केन्द्रमा सम्पर्क गरी साधारणसभाको अघिल्लो दिनसम्म परिचयपत्र लिन सक्ने जनाइएको छ। परिचयपत्र नभएमा परिचय खुल्ने र फोटो टाँसिएको पासपोर्टसहित उपस्थित हुन सकिने व्यवस्था गरिएको छ।

यसैगरी संस्थाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन साधारणसभामा अध्ययनका लागि उपलब्ध गराउने जनाएको छ। संस्थाको वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत समेत प्रतिवेदन प्रकाशन गरिने भएकाले शेयर सदस्यहरूलाई प्रतिवेदन अध्ययन गरी संस्थाको सुधार तथा आगामी योजनाका सम्बन्धमा सुझाव दिन अनुरोध गरिएको छ। संस्थाका सचिव सरोजकुमार तिमल्सेनाद्वारा जारी सूचनामा साधारणसभालाई व्यवस्थित तथा प्रभावकारी बनाउन सम्पूर्ण शेयर सदस्यको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *