बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सुरु भएको छ।
संस्थाले २०८३ असोज १८ गतेदेखि २४ गतेसम्म साधारण सभा सञ्चालन गर्ने जनाएको छ। साधारण सभाका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित कार्यालयमा उपस्थित भई सहभागी हुन संस्थाले आफ्ना शेयर सदस्यलाई आग्रह गरेको छ।
संस्थाका अध्यक्ष कैलास के.सी.को अध्यक्षतामा रहेको सञ्चालक समितिमा सचिव जयराम थापा, कोषाध्यक्ष रनधेश्याम के.सी. तथा लेखा समिति संयोजक पूर्णबहादुर कार्की रहेका छन्।
संस्थाले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार हाल संस्थामा २७ हजार ९ सय ७२ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पूँजी १४ करोड ५५ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी संस्थामा १ अर्ब ८८ करोड ३५ लाख ९७ हजार रुपैयाँ बचत रहेको छ भने सदस्य तथा विभिन्न क्षेत्रमा गरिएको कुल लगानी १ अर्ब २८ करोड ४७ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको विवरण प्रस्तुत गरिएको छ।
साधारण सभामार्फत संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सदस्य हितमा सञ्चालन गरिने कार्यक्रमबारे छलफल हुने संस्थाले जनाएको छ।
बढ्दो सदस्य संख्या, बचत तथा लगानीसँगै संस्थाले आगामी दिनमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार सदस्यकेन्द्रित सेवा विस्तार तथा संस्थागत सुशासनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *