काभ्रे । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजना तथा विश्व युवा महोत्सव २०२५ को प्रायोजनमा डिसीसी कप अन्तर विद्यालय फुटसल प्रतियोगिता भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले उद्घाटन गर्नु भएको प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी ३२ वटा टिम सहभागी थिए । सहभागी टिमहरुमा एभरेष्ट एकेडेमी– श्री जनज्योती मावि, माउण्ट भ्यू इङ्गलिस स्कूल– काभ्रे मावि, बेलर इन्टरनेशनल एकेडेमी– नेपाल प्रहरी मावि, श्री भक्तेश्वर गोसाइकुण्ड मावि– ग्रेसल्याण्ड सेकेण्डरी स्कूल, विकटेश्वर इङ्गलिस सेकेण्डरी स्कूल– सरस्वतीकुञ्ज बोर्डिङ्ग स्कूल, नमोबुद्ध इङ्गलिस बोर्डिङ्ग स्कूल– बालबाटिका विद्या मन्दिर सेकेण्डरी स्कूल, नवरत्न अंग्रेजी मावि– श्री जनक मावि, गोल्डेन सिद्धार्थ एकेडेमी– सिद्धार्थ वनस्थली स्कूल, विद्या सागर इङ्गलिस सेकेण्डरी स्कूल– श्री चक्रज्योती मावि, सिद्धार्थ इङ्गलिस सेकेण्डरी स्कूल– शिक्षा सदन मावि, बालविकास विद्याश्रम– न्यू राइजिङ्ग सेकेण्डरी स्कूल, शुभ चामुण्डा सेकेण्डरी स्कूल– श्री कृष्ण गोपाल मावि, एबिएम स्कूल– डिभाइन लाइट इङ्गलिस बोर्डिङ्ग स्कूल, श्री भालेश्वर मावि– काभ्रे इङ्गलिस सेकेण्डरी स्कूल, श्री चण्डेश्वरी सृष्टिकान्त मावि– प्रगति प्रभात एकेडेमी बीच नकआउटको आधारमा प्रतिस्पर्धा गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी खेल बेलर इन्टरनेशनल एकेडेमीको फुटसल, एबिएम फुटसल र संकल्प कलेज फुटसलमा हुने भएको छ भने फाइनल खेल बेलर इन्टरनेशनल एकेडेमीमा उद्घाटन भएसँगै प्रतियोगिताको आधा खेल एबिएम स्कुलको फुटसल मैदानमा भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख र दोस्रोले ५० हजार रूपैँया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने हाइ स्कोर, बेष्ट किपर, बेष्ट प्लेयरले नगद १०÷१० हजार रूपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबा, विभिन्न विद्यालय प्रधानाध्यापक, शिक्षक संघ, संगठनका प्रतिनिधि सहभागी थिए । विश्व युवा महोत्सव २०२५ आगामी मार्च महिनामा धुलिखेलमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *