बनेपा । बनेपा खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । बनेपा नगर टेबल टेनिस संघको आयोजना र बनेपा नगरपालिकाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । माघ १६ र १७ गते बनेपाको काभ्रे क्यापसमा खुल्ला टेबल टेनिस प्रतियोगिता सञ्चालन भएको थियो ।
बोइज अन्डर १४, बोइज अन्डर १८, खुल्ला महिला, खुल्ला पुरुष र भेट्रान ४० गरी ५ विधामा प्रतियोगिता सञ्चालन भएको थियो । बोइज अन्डर १४ तर्फ निश्चल थापा प्रथम, रश्मि श्रेगठ दोस्रो, जिवन पोख्रेल र सुसान्क श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै, बोइज अन्डर १८ तर्फ सरद कर्मचार्य प्रथम, किरण दाहाल दोस्रो, कुशल खत्री र कृतन दाहाल तृतीय भएका छन् ।
खुल्ला महिलातर्फ स्मृती मोक्तान तामाङ प्रथम, सुजता पौडेल दोस्रो , स्वती प्रधान र ज्योती पोख्रेल तृतीय भएका छन् । त्यस्तै, खुल्ला पुरुषतर्फ रबिन श्रेष्ठ प्रथम, सुहान पोटे दोस्रो, भक्तजन र मध्येश्वर मकै तृतीय भएका छन् । भेट्रान ४० तर्फ धर्म रत्न थापा प्रथम, सुरेश शाक्य दोस्रो, कुश श्रेष्ठ र शान्तिरत्न शाक्य तृतीय भएका छन् ।
प्रतियोगिताका बिजयीहरुलाई नगद पुरस्कार, मेडल, प्रमाण–पत्र तथा ट्रफी प्रदान गरिएको थियो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष प्रमेश्वर श्रेष्ठ र अखिल नेपाल टेबल टेनिस संघका केन्द्रिय सदस्य शिवसुन्दर गोथेले प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले स्तरीय प्रशिक्षणले योग्य खेलाडी तयार हुने बताउनुहुँदै बनेपा नगरपालिकाले खेलकुद क्षेत्रको भौतिक निर्माणमा जोड दिने बताउनुभयो । उहाँले बनेपा नगरपालिकाले खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्न प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
