चितवन । चितवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको इलेक्ट्रिक हाइस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *