विश्व उलक, खोपासी, पनौती, काभ्रेपलाञ्चोक
उत्पत्ती
हिमवतखण्ड पुराणअन्तर्गत नेपाल माहत्म्यको दोश्रो अध्यायमा मार्कण्डेय ऋषीले जैमिनीलाई सुनाउनु भएको कथा अनुसार चण्डासुर दैत्यले काशी विश्वनाथ (बनेपाका पुजारीका अनुसार जलेश्वर महादेदेव) बाट स्त्रीजाति बाहेक कसैले मार्नेछैन भनि वर पाएको हुनाले विष्णुको श्रापबाट पनि चण्डासुरको बध हुन सकेन । दैत्यले ईन्द्रादि देवताहरुलाई दुःख दिनथाले । ईन्द्रादि देवताहरु ब्रम्हाजीको शरणमा गए । ब्रम्हाले सकल देवगणहरुलाई भत्रुभयो – “हे देवताहरु, श्लेष्मान्तक वन (पशुपती) देखी पूर्वतिर रक्तचन्दन वन छ । त्यहाँ आदीशक्ति भगवतीमाई चाँपको रुखमा बिराजमान हुनुहुन्छ । त्यहाँ गएर गएर उहाँको आराधना गर्नु । वहा शक्तिस्वरुप स्त्रीजाति भएकाले तिमीहरुको दुःखहरण गर्न चण्डासुर दैत्यलाई बध गर्नुहुनेछ ।” ब्रम्हाजीको बचनअनुसार देवगणहरु हालको बनेपा उत्तर–पूर्व रहेको रक्तचन्दन बनमा आदीशक्ति भगवतीमाईको आराधना स्तुती गर्नथाले । यस कुराको जानकारी ऋषी नारदमुनीले दैत्य चाण्डासुरकोमा पु¥्याए । चाण्डासुर आफ्ना राक्षसी सेनाहरुका साथ देवगणहरुलाई धपाउन ऋषी नारदको सुचना अनुसार उल्लेखित रक्तचन्दको जंङ्गलमा पुगे ।
भगवतीमाईको दर्शण पाएर सबै देवताहरुले बडो हर्षोल्लासका साथ आराधना र स्तुती गरिरहेका थिए । यहि अवस्थामा चण्डासुर दैत्य आफ्ना दानव सेनाहरुका साथ रक्तचन्दनको वनभित्र प्रवेश गरे । त्यो देखेर देवताहरु पञ्छीको रुप धारण गरि भाग्न थाले । ईन्द्रले कागको रुप, चन्द्रमाले च्याखुरी, बरुणले हाँस, वासुदेवले क¥्याङ्गकुरुङ्ग, ईसानले बकुल्ल र सुर्यले जीवन्कि आदी पञ्छीको रुपधारण गर्दै उदेर भागे भने भगवती चाँही त्यहीँ भएको चम्पक (चाँप) को बृक्षमा अन्तध्यान भएको भनाई रहेकोछ ।
चण्डासुरको फौजले जंङ्गल भित्र कुनै पनि देवता देखेनन् । त्यसै बखत एउटा दैत्यले एउटा बृक्षलाई देखाउँदै एउटा राम्री स्त्री चम्पक बृक्ष अन्तध्र्यान भएको जानकारी दिए । त्यो सुनेर दैत्यराज चण्डासुरले आफुसङ्ग भएको तरवारले एकै झटकामा बृक्षलाई छिनाले । त्यसैबखत काटिएको उक्त बृक्षबाट एक उज्वल अतिसुन्दर युवती हतियार सहित सुसज्जित भएर प्रकट भईन । उनको चण्डासुर संग घमासान युद्ध भयो । केहीगरे पनि दैत्यलाई वध गर्न नसकेपछि महामाया युवतीले भगवतीको रुपधारण गरिन । भगवतीमाईको निःस्वासले अनेक गणहरु प्रकटगरि दैत्य सेनाहरु मार्न तथा लखेट्न सफल भए । चण्डासुरले आफुसङ्ग भएको बल र शक्ति एकिकृत गरि भगवती माथी जाईलागे । भगवतीले चण्डासुरबाट प्रयोग गरिएका कुनैपनि हतियार सजिलै नष्ट गरिदिनु भयो । चण्डासुर आफु कमजोर भएको र विश्वेस्वरबाट स्त्रीजातिबाट मर्नु पर्ने वर पाएको सम्झना भयो । अनि भगवतीलाई विनम्र भई अत्यन्त भक्तिभाव प्रकट गरी भत्रलाग्यो – “हे भगवती देवी ! हजुर साधारण स्त्रीजाति नभई हजुर मेरो काल, साक्षत महाँकाली स्वरुपा हुनुहुदो रहेछ । अब म, हजुरकै हातबाट मर्ने हुँ । हे देवी ! “म स्नान गरेर श्री महादेवको एउटा शिवलिंङ्ग स्थापना गर्दछु । त्यो शिवलिङ्ग चण्डेश्वर नामले प्रख्यात हुनेछ । अनि हजुरले मलाई मार्ने भएकोले हजुर चण्डेश्वरी माईको नामले प्रख्यात हुनुहुने छ ।” देवीले दैत्यको इच्छ्या मुताविक मृत्यु दण्द दिए र आफु अन्तध्र्यान भए । चण्डासुर दैत्यले स्थापना गरेको शिवलिङ्ग भएको हुँदा मन्दिर अगाडीको शिव मन्दिर चण्डेश्वर शिव मन्दिरले ख्यातिप्राप्त ग¥्यो । यो खवर पाएर देवताहरु उक्त रक्तचन्दन जङ्गल भित्ररहेको चम्पक बृक्षको फेदमा अन्तरध्र्यान भएका चण्डेश्वरी माईको जयजयकार मनाउन जम्मा भए । उक्त दिनदेखी चम्पक बृक्षको फेदमा चण्डेश्वरी माईको पूजा आराधनाले निरन्तरता पाएको छ ।
मन्दिर
चण्डेश्वरी मन्दिरको गर्भस्थानमा आकृती नभएको रुखको फेद नै मूल चण्डेश्वरी हुन । रुखको मूल जराको ठुटोलाई अनाकृतिबाट मूर्त आकृति प्रदान गर्न साँखुका तत्कालीन मूर्तिकलाका मर्मज्ञहरुले चाँदीको नयनमा कालो युँ दृष्टिी जडिदिएका छन् । प्राय देव देवीहरुका दुईवटा सहचारहरु हुन्छन्, जस्तै नवदुर्गाका सिम्ह र दुम्ह भने भैm चण्डेस्वरीका दुइृ सहचरहरु कंकल र फुट हुन । चण्डेश्वरी मन्दिरभित्र बायाँतिरको लहरमा मृत्तिकाका केही मूर्ति लहरै राखिएका छन् । मृत्तिका मूर्तिको निर्माण कुनै ज्यावल साधनबिना स्वतन्त्र हस्तकला हुन । हस्तकला साधनाकाल पक्कै पनि लिच्छवीकालिन वा किरात कालिन वा सो भन्दा पहिल्यै हुन सक्दछन् । बनेपा र यस्का वरपर लिच्छवीकालका शालिन शिला आकृतीहरु प्रचुर भेटीएका छन् । लिच्छवीकाल देखी बनेपा भेग चण्डेश्वर सँस्कृती प्रमुख स्थलको रुपमा देखिए पनि यीनलाई ईष्टदेवीको रुपमा मल्लराजा आनन्ददेवको समयदेखी विशेष मानीआएको देखिन्छ । देवमाला वंसावली अनुसार भक्तपुरका राजा आनन्ददेवले बनेपामा चण्डेश्वरी मन्दिर बनाउन लगाएका थिए । पदम गीरीको वंसावली अनुसार राजा आनन्द देवले भूकम्प तथा उदुस आतङ्कबाट प्रभावित बस्तिहरुलाई राहत पु¥्याउन रोसी उपत्यकामा बनेपा सहित सात गाउँहरु बसालेका थिए, जुन बस्तिहरु अहिले अवधारणा राखिएको प्रबुद्घ नगर (कmबचत अष्तथ) भन्दा उच्च आदर्श बस्तिको रुपमा लिन सकिन्छ । चण्डेस्वरीको हाल (माथी) को तले आकारको मन्दिर कर्णाटकिय शासक जयरामसिंह बर्धनले बनाएका थिए ।
सन १४८२ मा राजा यक्ष मल्लको मृत्यु पश्चात साहिला युवराज रण मल्लको भागमा बनेपा प¥्यो । यीनकै पालामा बनेपालाई खडग आकारमा बिस्तृत गरि भ्वँत नाम राखे । चण्डेश्वरी माईको जात्रा पहिले देखी चलिआएको थियो तर यीनले खडग सहितको जात्रा चलाई ब्यापकता दिएका थिए । उनको पालामा नेपाल सम्बत ६२२ मा चण्डेश्वरी माईले धलछें खलकका मोहनसिंह मानन्धरलाई सुनको राँगाको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रुद्राक्ष अद्यपी पशुपति मन्दिरमा छ । राजा रण मल्ल बिफरुबाट सताइपछि उन्मुक्तिको लागी बेथानचोक नारायणको आराधनामा ढुंखर्कमा गएपछि र उनका छोरा केशव मल्ल र त्यसपछि कृष्ण मल्ल बनेपाका अन्तिम राजा भएका थिए ।
भगवती, काली तथा अन्य देवीहरुको मन्दिर आसपासमा भैरवको मूर्ति पनि रहेको पाइन्छ । तर चण्डेस्वरी मन्दिरको आसपास भैरवको मूर्ति नभएर मन्दिरको पछाडी भित्तामा भगवान भैरवको चित्रकला समावेस छ जुन नेपाल मण्डलको सवभन्दा ठूलो भैरव चित्र हो । मध्यकालिन यो भित्तेचित्र निकै महत्वपूर्ण मानिन्छन् । बर्षेनी फागुपूर्णेको चार दिन पहिलेबाट ताजा अर्थात आवश्यकता अनुसार पुनर्लेखन गरिन्छ । यो काम गरे बापत पहिले पहिले ४ जना पुजारीले चामल नौ नौ पाथिका दरले ३६ पाथि दिने चलन थियो । केहि समय पछाडी चामलको सट्टा ३६ पाथि धान दिन थालियो । कला र सँस्कृती नबुझ्दा कलाकारको शोसन गरियो धानको सट्टा चारजना पुजारी बाट २–२ हजारका दरले जम्मा आठ हजार रुपैयाँ दिने गरेका छन् । बर्षेनी यो कला ताजगी गर्न कलाकार पूर्ण चित्रकारलाई १० देखी १५ दिन लाग्ने गर्दछ । यो कामको अवधिभर कलाकारलाई माईको पुजापालो पर्ने पुजारीको घरमा बस्ने र खानाको ब्यवस्था गरिने चलनछ । कलाकारको मिहेनत र समयलाई हेरि उनले खाइपाइ आएको पारिश्रमिक अपर्याप्त देखिन्छ ।
चण्डेश्वरी मन्दिर पछाडीको ऐतिहासिक ठूलो मसान भैरवको भित्ते चित्रमा फोटो नखिच्ने तिर्थालु सायद कोहि छैन होला । अफसोच बनेपालाई चिनाउने बिभित्र सम्पदा मध्ये यो मसान भैरवको चित्र पनि एउटा हो । चण्डेश्वरीको सँस्कार र सँस्कृतीलाई जिवंंतता दिने हो भने ऐतिहासिक ठूलो मसान भैरवको भित्ते चित्रमा लाई पनि निरन्तरता दिनु उपयुक्त हुनेछ ।
पूजा
चण्डेश्वरी माईको आराधना र सेवामा बिभित्र प्रकारले पूजा गरिएका छन् । जुन यस प्रकार छन् ;
नित्य पूजा – चण्डेश्वरी माईको पूजा किरातकाल भन्दा अगावै वा किरातकाल (किरातहरु देवी लाई माई भन्दछन्) देखि भएता पनि शक्ति पिठमा नित्य पूजारीको ब्यबस्था तथा जात्राको प्रचलन मल्लकाल देखिमात्र भएको देखिन्छ । नेपाल देः साथमा ख्वप दःे पन्ध्रौ, सोह्रौ शताद्विमा तन्त्रमय भएको र यसमा मूख्यतया कर्माचार्यहरु रहेको देखिन्छ । कर्माचार्यहरुको तान्त्रिक क्षमताबाट प्रभावित भएका तत्कालिन शासकहरुले आफ्नो इष्ट देव देवीहरु खुसी पार्न नित्य पूजारीमा कर्माचार्यहरु लाई तोकेका थिए । साथमा मन्दिर तथा भगवानको सफा सुग्घर तथा रखवारीमा देला (पोडे) हरुलाई तोकेका थिए । यसरी नै बनेपाको शक्तिपिठ चण्डेश्वरी माईको दैनिकी नित्य तथा अन्य पूजाको लागी पनि कर्माचार्यहरु नै रहेका छन् । नित्य पुजारी दिक्षित तथा निष्ठावान हुुन पर्दछ । चण्डेश्वरी माईमा हरेक दिन बिहान नित्य पूजा र बेलुकी आरती गरिन्छ । पूजा र आरती भैरहेको बेलामा गुठीयार तथा भक्तजनहरु बाहिर पाटीमा बाजागाजा सहित आरतीको दाफा भजन गाउँने गर्दछन् । चण्डेश्वरी मन्दिरमा हाल सम्मन कर्माचार्यका पूर्खौली परिवारहरुले नित्य तथा अन्य पूजाहरु गर्दै आएकाछन् । विहान देवीको स्नान पछि नैमत्तिक अर्थात दैनिक पूजाकोलागी चाहिने सामाग्रीहरु (पूmल, अक्षेता, रातो, पहेलो सिन्दुर, जौ, तिल नैबेद्य आदीको सामथमा घण्टी, शंखको ध्वनिमा धुप बत्तीदिने गरिन्छ । मातालाई बत्ती घुमाइसके पछि बत्तीलाई पालामा राखिन्छ । पालामाथी बत्तीको ज्वाला माथी मोःनी (धुवाँ) थाप्ने पाला जस्तै भाँडो राखिएको हुन्छ । पुजारीले नित्य पूजा सकिए पछि बाहिरी भक्तालुहरुको पूजालिने गर्दछन् । भक्तजनहरुले यहाँको प्रसादमा अन्य सामाग्री मध्ये मोःनी, सिनांःस्वा (पाती), बेलपत्र, तुलसी पत्र र रातो पूmल प्रमूख प्रसादीको रुपमा लिने गरिन्छ । खासगरी मोःनी लाई शक्ति र माताको शुभ आशिर्वादको रुपमा लिने गर्दछन्
बिशेष पूजा – चण्डेश्वरी माईमा बर्षभरि आउने चाडपर्वहरुमा पक्वानहरुलाई नैबेद्य बनाई पूजागर्ने गरिन्छ । जस्तै, सिठी नःखमा चतामारी (चामलको पिठोको रोटी), ओ (मासको बारा), न्यां (रक्सी), समय् राखी पूजा गरिन्छ ; प्रत्यक चतुर्दशीमा च¥हेपूजा पूजामा हाँसको बली चढाउनु पर्ने चलनछ । प्रत्येक पूर्णिमा र सक्रान्तिमा चा (रात्री) पूजा । गाठःमोच¥हे (घण्टाकर्ण) र बडा दशमीको अष्ठमी र नवमीमा बोका बलि सहितको पूजा गरिन्छ । स्वन्ति (तिहार) मा म्हः पूजा (स्वयं पूजा), लक्ष्मी पूजा, दिला चतुर्दशिमा, चन्द्रमा उदाएपछिको आईतवार पूजा, असारमा देश पूजा आदी । यस्तै माघे संक्रातीमा प्रत्यक पूजारीहरु ब्रतबसी बेलुका मात्र खाने चलन रहेकोछ । माघे संक्रान्तिमा माई चण्डेश्वरीलाई वाह्रवटा मकलमा आगो बनाई ताप्नदिई पुँःगा (बिहानै भोको पेटमा असल उनबाट बुनेको बाक्लो पछ्यौरा) ओढाउने परम्परा पनि रहेकोछ । बनेपालीहरु चण्डेश्वरी देवीलाई हरेक आइृतवार विशेष पुज्ने गर्दछन् ।
बली पूजा – भक्तजनहरुले बली अनुसारको पूजा सामाग्री बलीको बस्तु तयार गर्दछन् । भक्तजनहरु आफ्नो ईच्छ्यानुसार फल तथा पंछी र बस्तुहरुको बली सहितको पूजा गर्ने गर्दछन् । भक्तजनहरु आफ्नो तथा परिवारजनको मनोकामना अनुसार फलमा बेलफलको बली दिई आएकोमा बजारमा बेलको अभाव तथा बेलफलको महत्व नबुझेको हुँदा नरिवलको गट्टा भोग दिन थालेका छन् । पंन्छी तथा बस्तुमा हाँस, कुखुराको भाले, बोका, भेडा तथा राँगा आदी भाकलअनुसार बली चढाउने र बलीको रगत चण्डेश्वरी माईको अलावा मन्दिर भित्र रहेका सबै देव देवीहरुमा चढाइन्छ । चढाएको बलीको केहीभाग पुजारीलाई दिएर बाँकी अंश भक्तजनहरुले नै लिएर जान्छन् । नेवार समुदायमा घरमा लगेको उक्त बलिको केही अंगहरु परिवारमा जेष्ठताको आधारमा स्युः दिइन्छ, जस्तै हाँस वा कुखुराको भाले बली दिएको छ भने नायो (मूख्य मूली) लाई टाउको र नःकीं (मूख्य मूलीको श्रीमती) लाई पुच्छर दिईन्छ । यस्तै बोका बलिदिईएको छ भने नायो (मूख्य मूली) लाई दाहिने सिं र जेष्ठता अनुसार टाउको आठ अंगहरु केटाहरुलाई दिईन्छ र नःकी लाई बोकाको पुच्छर दिईन्छ । बलीपूजा ब्यक्ति वा परिवारको मनोकामना हो भने परिवारमा एकता र सदभावको प्रतिक पनि हो ।
पञ्चवली पूजा – चण्डेश्वरीको मूल नाईके बहाली गर्दा पञ्चावली परम्परा रहि आएको छ । मूल नाईके चण्डेश्वरी जात्राको खः (रथ) संग जाने परंपरा छ । मूल नाईके बहाली गर्दा सरकारी पूजा सहित चण्डेश्वरी देवीलाई पञ्चवली दिनको लागी मूल नाईको नेतृत्वमा यस्तो पूजा गरिन्छ । पञ्चावलीमा राँगो, बोका, हाँस, कुखुराको भाले, थुमा गरी पाँचवटा पशुपञ्छीको वलीदिने परंम्परा रहि आएकको छ । बलीपूजामा पूजा सामाग्री पनि त्यसरी नै तयार गरिन्छ, माछा, फुल, गोःजा, आःखे, जजंका, तोरण आदी सहित मोःनी पनि थापिन्छ । पूजा सकिना साथ बली दिएको बस्तुको रगतको टीका लगाएर समय् बजी तयार गरी माता तथा अन्य देव देवी तथा बोःछाएगु (पितृलाई चढाउनु) पछि पुजारी सहित पूजामा जाने सबैजना समय् बजी खान्छन । समय् बजी खाई सकेपछि पुजारी पुःन पूजामा बसी बत्ती दिएर स्वांःकोकाय्गु (भगवानबाट प्रसादीहरु निकालेर पूजाथालीमा राख्नेकाम्) गर्दछ । यहि क्रममा मोःनी खोलेर मोःनीमा कुन भगवान पदार्पण गर्नु भएका जानकारी गरिन्छ । त्यसपछि पुजारीले आफु प्रसाद लिन्छन र मूख्य भक्तजनहरु साथै सबैलाई मोःनी र तोरण सहित पूmल प्रसादी दिन्छन् । साझ परेपछि स्यूःभ्वय् र कलाःवाय् (भोजको चुठनेकाम) गरी पञ्चवली पूजाको कार्य सम्पत्र गर्दछन् । चण्डेश्वरी माईकोमा भक्तजनहरुले पनि आ–आफ्नो मनकामना र भाकल अनुसार पञ्चवली पूजाको कार्य सम्पत्र गर्दछन् ।
क्षमा पूजा – हरेक मठ मन्दिरमा कुनै नयाँ गतिविधि हुने बित्तिकै जानी नजानि भएका गल्तिहरुका लागी तथा कुनै अप्रिय संका भएमा उक्त मन्दिरमा क्षमापूजा गर्ने गरन्छि । चण्डेश्वरी मन्दिरमा पनि क्षमापूजाको एकदमै महत्व रहेको पाइन्छ । यहाँ विषेशगरि विभित्र समायमा हुने साना–साना गल्तीबाट हुने सम्भावित हानीलाई कम गर्नका लागी क्षमापूजा गर्ने प्रचलन पहिले देखी नै चलि आएको छ । यो पूजा परिवार, समुदाय, गुठीयारहरु मिलेर वा छुट्टा छुट्टै पनि गर्दछन् । मन्दिरका कुनै कामहरु निर्माण, पुःन निर्माण गर्नु अगाडी र सम्पत्र भएपछि क्षमापूजा गर्ने चलन रहेको छ ।
शुभकार्य पूजा – बनेपालीहरु ब्यक्ति वा परिवार वा समुदायमा कुनै खुसियाली, सफलता वा जिवनका विभित्र संस्कारहरु गर्दा पनि चण्डेश्वरी माईकोमा पूजा सहित जाने चलन छ । कसैको जन्मदिनमा होस वा कुनै घरमा सन्तान जन्म हुँदा, पढाईमा सफलता, राम्रो जागिर पाउनमा, ब्यापारमा सफलता मिलेकोमा होस वा पदत्रोती आदीमा मनोकामना वा भाकल अनुसारको पूजा सामाग्री तयार गरि पूजागर्ने चलन छ । यस्तै बिहे, पास्नि, भुषाःखाय्उ, केय्तावेउ (बर्तमान), ईः (सुवर्णकुमार संगको बिबाह), बाह्राःः (गुफा राख्ने), जन्को (भिम रथारोहन) हरुमा पिठपूजा लाने चलन रहेको छ । यसरी कार्य सम्पत्रता, सफलता तथा खुसियालीमा शुभकार्य पूजालाने चलन छ ।
पञ्चामृत पूजा – हिन्दुहरुको बिभित्र पूजाहरुमा पाँच किसिमका विशेष चिजहरु गाईको दूध, दही, ध्यू, सख्खर र मह मिसाएर पञ्चामृत तयार गरिन्छ । यी पाँच चिजहरुलाई हिन्दु धर्ममा पवित्र मानिएको छ । कृष्णाअष्टमीका दिन चण्डेश्वरी माईलाई पञ्चामृत सहित राखेर पूजा गर्दछन् । भक्तजनहरु सन्त, महन्त, जोगी, फकिर र अन्य आगन्तुक पाहुनाहरुलाई पञ्चामृत सहितको भोजन गराउने चलन पनि रहेको छ ।
था पूजा – किरात काल देखी चलिआएको बैदिक परम्परामा लिच्छवीकालको पाँचौ शताद्वी अर्थात राजा मानदेव प्रथमका माता नवसागरको पालादेखी तन्त्र परम्परामा ढल्केको र मल्लकालमा तन्त्रबिद्याको विकास भएको देखिन्छ । अझ भत्रे हो भने कर्णाटक बंश हरिसिंहदेवका रानी देवलदेवीले ल्याएका ईष्टदेवी तुलजा भवानीलाई आफ्ना दाजु राजा रुद्रदेवको सहयोगमा भक्तपुरमा स्थापना गरेपछी तन्त्रबिद्याले केहि प्राथमिकता पाएको । पछी तन्त्रबिद्यामा बिकास गर्दै राजाले तुलजा भवानीसंग छलफल तथा सरसल्लाहको साथसाथै पासा पनि खेलेको ईतिहास रहेको छ । यहिक्रममा भक्तजन (पुजारी) ले तन्त्रबिद्याबाट आफुलाई सामथ्र्य शक्तिवान बनाउथे । यसरी शक्ति प्राप्तगरि गरिने पूजालाई था पूजा भनिन्छ । दिक्षाप्राप्ती गरी आचरनमा बसी तत्कालिन समयमा पुजारी (जोशी, कर्माचार्य) हरुले नेवारी परंपराको म्हःपूजा जस्तै स्वयंपूजा गरि शक्त प्राप्तगर्दथे । खासगरि कुनै संकल्प वा भाकलमा था पूजा गरिन्छ, यस्कालागी आचरणमा बसेका दिक्षप्राप्ती (जोशी र कर्माचार्य) ब्यक्तिहरुमात्र बसेर यस्तो पूजा गर्दछन् । मल्लकालमा यो पुजा विशेष गरेर भगवानको स्थापना, मन्दिर निर्माण, जिर्णोद्वार, युद्घ जितेको खुसीयालीमा, आर्थिक लाभभएको खुसियाली आदीमा गर्दथे ।
यसरी था पूजा हिन्दु दर्शनमा आधारित तान्त्रिक पूजा हो । यो आत्मा पूजासंग मिल्दोजुल्दो देखिन्छ । यो पूजा “पञ्चोपचार” पूजा संग मिल्दोजुल्दो छ । सामान्य मानिसहरुले यो पूजा गर्न नसक्ने भएको हुँदा तत्कालिन राजाहरुले मात्र गरिआएको देखिन्छ ।
जात्रा
परापूर्वकालदेखी बनेपाबासीले मान्दै आएको आस्थाकी देवी चण्डेश्वरी माईको जात्राको तयारी हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाको चारदिन अगाडी नाय्खिं र छुस्या बजाएर जात्रा आएको संकेत गर्दै माईको गरगहना लायकु दरवारमा ल्याई जाँच तथा सम्भार गरिन्छ । अहिले बाजामा ठूलो स्वरको लागी धिमे र भूःस्या पनि बजाउने गर्दछन् । त्यो दिनबाट जात्रा आगमनको आभास सबैले गर्ने गरिन्छ । बनेपाको स्वःधाटोलमा बडेमानको रथ तयार गरिन्छ । बनेपाका भोछिंभोया (च्या) परिवारहरु चण्डेश्वरी माईलाई कुल देउता मान्दछन् । उक्त परिवारहरुले बैशाख शुल्क अष्ठमीको दिन चण्डेश्वरी माईलाई कुलदेवता मानी पूजा गर्दछन् । त्यस रातबाट जात्रा सुरुभएको मानिन्छ ।
किंबदन्ति अनुसार भक्तपुरबाट घोड सवारमा आएका राजाको आगमन पश्चात जात्रा सञ्चालन हुन्थ्यो । तर अहिले पूर्णिमाको दिन काठमाण्डौ हनुमान ढोकाबाट ल्याइने खडग संगै जात्रामा सरकारको तर्पmबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपालीहरु यसको महत्व व्यापकता पाएकोमा गर्व गर्दछन् । तत्कालिन समयमा खडग कुशल योद्धाको हतियारको प्रतिक थियो भने असल हतियार देव देवीहरुको जात्राहरुमा प्रदर्शन गरिन्थ्यो । विश्व मल्लको पालामा बनेपा गाभिएपछि एकताको प्रतिक असल हतियार अर्थात चण्डेश्वरी माईको द्योःछेंको खडग भक्तपुर दरवारमा लगेर राखियो । जात्राको लागी पुःन बनेपा ल्याउने र जात्रा सकिए पछि भक्तपुर दरवार फर्काउने चलन रह््यो । पृथ्वी नारायण शाहले १८ रौं शताद्विको एकिकरण पश्चात बिभित्र दरवारमा रहेका देव देवी सहितको हतियारहरु बसन्तपुर हनुमान ढोका दरवारमा भण्डारण गराए । जात्रा पर्वहरुमा सम्बन्धित देव देवीका हतियारहरु हनुमानढोका बाट लिएर जाने र कार्यक्रम पश्चात पुःन फर्काउने चलन रहि आएकोछ । यसैगरि चण्डेस्वरी जात्राको लागी पनि हनुमान ढोका बाट खडग ल्याउने र जात्रा पछाडी फर्काउने चलनछ ।
चण्डेश्वरी शक्तिपिठ दश महाबिद्या मध्येका एकहुन । धेरैजसो बनेपालीहरु चण्डेश्वरी मातालाई आव्हान गर्न जात्रासुरु हुनुभन्दा एकमहिना अगाडी देखी घरघरमा स्वाध्याय “परनाम” स्तोत्र पाठगर्ने गर्दछन् । पूर्णेको अघिल्लोदिन बेलुका तः (ठूलो) गुठीयारले आचाजु (तान्त्रिक) हरुबाट तः पूजा गर्दछन् । यो पूजामा चण्डेश्वरीको शक्तिपिठ भित्र बाह्रवटा बोकाहरु वली सहित शक्ति साधना गरेर पुजा हुन्छ । ती बाह्र बोका मध्य एउटा द्वारे एउटा जोशीलाई दिइन्छ र बाँकी गुठीयारहरु भोजका साथ बाँकी मासु कःलंदानको लागी छुट्याइन्छ ।
पूर्णिमाको दिन बिहानै मिर्मिरे उज्यालेमा हजारौको संख्यामा बाजागाजाका साथ लायकुमा जम्मा भएर चीराक (लामो लठ्ठीमा तेलमा भिजाएको कपडाको मोटो बत्ती) बालेर चण्डेश्वरी मन्दिर उत्तर–पूर्व रक्त चन्दन जंगलको माझमा रहेको जलेस्वर महादेवको दर्शणको लागी जान्छन् । शिवजीको दर्शणको साथमा जशिगः (जलेश्वर दह) मा स्नानगरि शिवबाट सफल जात्राको लागी आशिर्वाद साथमा जशिगःको जल लिएर आ–आफ्नो घरफर्कि जात्राको तयारीमा जुटछन् ।
जात्राको लागी स्वह्राटोल (तिन धारा) चोकमा बनाईएको चण्डेश्वर ीको पांग्रा नभएको ठूलो खटमा पूर्णेमा दिनको बिहान साईत अनुसार हनुमान ढोका (दरवार) बाट आएका पूजा र कानफट्टा फकिर पुजारी सहितका स्थानिय पुजारीहरुले कुखुराको भाले र भेडा सहितको वली पूजा गर्दछन् । त्यसपछि खालीखटलाई बिभित्र बाजागाजा सहित सयौ युवाहरु पांग्रा नभएको खटलाई ल्हाकाः पालुं हाः, पाः लाक हाः, हकनं छकः हाः …… अर्थात सबैले एकैचोटी उचालौ, पालो मिलाएर उचालौ, फेरिपनि एकपटक उचालौ …….. यस्तै उत्साहजनक एवं उल्लाहसपूर्ण स्वरहरुले जात्राको माहोललाई मनोरम मनोरञ्जनात्मक बनाउदै चासले द्योःछेंमा माईलाई लिन जान्छन् । खालिरथ द्योःछें अगाडी लगेर बिसाउँदछ । खालिरथमा सोही साँझ तुलसीको काठद्वारा निर्मित आसन सहित द्योःछें बाट जात्रामा लाने चण्डेश्वरी माताको खटमा ल्याएर राखिन्छ । माईको मूर्तिलाई खटमा राखेपछि सबैभन्दा पहिले धलंछें सायिम खःलबाट ल्याएको पूजा गरेपछि मात्र अन्य भक्तजनहरुको पूजा लिने परम्परा रहिआएको छ । भोलिपल्ट बिहान सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर माई सहितको खटलाई बोकेर स्वह्रा (स्वधाटोल–तिन धारा) चोक तर्पm ल्याईन्छ । खट ल्याउने क्रममा भैरवकुण्डमा पुगेपछि माईलाई स्नान गराइ बजारतर्पm ल्याइने प्रचलन रहेको थियो । माई सहितको खट चोक र बजारको मूख्य स्थानमा बिसाउने गरिन्छ । सो अवसरमा भक्तजनहरु घर घरबाट पूजा आउँछन् । स्थानियहरुको भनाइमा वकुटोलमा चण्डेश्वरीले भण्डासुर दैत्यको बध गरेको हँुदा माईको भब्य स्वागत सत्कारका साथ पूजा आराधना र बलि दिने परम्परा छ । साथमा कलंदान (नृयज्ञ) को कार्यक्रम हुन्छ । कलंदान भनेको शक्तिपिठमा भएको तः पूजामा वली चढाएको बोकाको छुयाला (पोलेको मासु), फलफुलहरु, केराउ, मिठाई, रोटीहरु आदी चण्डेश्वरी माईमा अर्पण गरिएको नैबेद्यहरुलाई प्रसादको रुपमा घरको झ्यालबाट बर्षाउ गरिन्छ । सो बर्षाउ गरिएका प्रसादहरु प्राप्तगर्न भुईमा खस्नुभन्दा पहिलै टिप्नको लागी भिडको हातहरु तछाडमछाड, होडबाजी गर्दै नाचिरहेको देखिन्छ । यसरी प्राप्त भएको प्रसादलाई भक्तजनहरु शौभाग्यको प्रतीक मान्दछन् । कलंदान गरेको मासुमध्ये बोकाको कान, जिब्रो, आँखा, सिंङ्ग लगायतका चिज भेट्टाउने व्यक्तिको मनोकांक्षा पुग्ने किंवदन्ति छ । यसमध्ये पनि दाहिने सिंङ्ग, दाहिने आँखा, वा दाहिने कान भेट्टाएमा झनै राम्रोहुने स्थानिय संस्कृती कर्मिहरु बताउने गर्दछन् । कलंदानको कार्यक्रम पछि खटलाई प्राचीन लायकु दरवार तर्फ लगिन्छ । केहीगरी ठूलोखट लान नसके चण्डेश्वरी माईको मूर्तिलाई लिःला खच्चा (सानो खट) मा राखेर लायकु दरवार सम्म लगेर हाँसको बलिदिई (राज) पूजा गरिन्छ । पूजा सकिएपछि फर्काएर ठूलोखट भएको स्थान हुँदै पुनः चण्डेश्वरी द्योःछेँमा लसःकुश गरि भित्राईन्छ । भाले बास्नुभन्दा अगावै सो खटलाई चण्डेश्वरी द्योःछें पु¥्याउनु पर्छ । भाले बासेपछि खटलाई मन्दिरभित्र पसाउन नपाइने नियम छ ।
पूर्णिमाको चार दिनपछि दिउँसो बाह्रबजे सम्म माईको निवासमा दर्शण गर्ने र सगुन लिने कामपछि जात्राको क्रम अर्को वर्षसम्मको लागि स्थगित हुन्छ । जात्रा सकिएको चारदिन पछि फेरि माईको गरगहना लायकु दरवारमा ल्याएर मर्मत सम्भार र जाँचजछि अर्को बर्ष सम्मको लागी द्योःछेँमा लगेर भण्डारन गरिन्छ । बनेपाको अलावा काठमाण्डौ उपत्यका र अन्यत्र स्थानमा पनि चण्डेश्वरी मन्दिर रहेको र तथा जात्राहरु चलाउने गर्दछन् ।
काठमाण्डौ उपत्यकामा चण्डेश्वरी मन्दिर र जात्राहरु
चण्डेश्वरीको भक्तहरु तथा अनुयायीहरु बनेपामा मात्र होइन कि काठमाण्डौ उपत्यकाका बिभित्र स्थानहरुमा र उपत्यका बाहिर पनि छरिएर रहेका छन् । बिभित्र समुदायहरुले आ–आफ्नै ढंङ्गमा माईको सेवा तथा आराधना गर्दछन् । ति हुन;
काठमाण्डौ चण्डेश्वरी – किंबदन्ति अनुसार बनेपाका राजा काठमाण्डौ घुम्न आएको बखत एक हात्तीले लछार पछार गरेछन् । राजाले चण्डेश्वरीको स्तुतीगर्दा नरदेवीको रुपमा प्रकट भई राजालाई बचाएछन् । नरदेवीको मन्दिर भित्रको रुखको फेदीलाई चण्डेश्वरीको रुपमा पुजागर्ने चलन रहेको छ ।
भक्तपुर चण्डेश्वरी – भक्तपुरका राजा आनन्ददेवले आराध्यदेव चण्डेश्वरी माईको स्थापना गरि उनैको अनुकम्पामा रोसी उपत्यका भित्र बनेपा सहित सात गाउँको बस्ति बसालेका थिए । लिच्छवी काल देखी नै नेपालका राजाहरु देवीहरुका उपासक बनेका थिए । हुनसक्दछ, भक्तपुरमा तुलजा (तलेजु) भवानीको स्थापना पूर्व बनेपाको चण्डेश्रीलाई आराध्य देवी मानिआए । किंबदन्ति अनुसार भक्तपुरका राजा हरेक दिन बिहान घोड सवारमा बनेपा चण्डेश्वरीको दर्शन गरि फर्किए पछि मात्र खाना खाने गर्दथे । भक्तपुरका कुन राजाको पालामा हो थाहा भएन, एक बर्ष निरन्तर केही दिन ठूलो पानी परिरह््यो । बाटो चिप्लोहुनुको साथमा खोला नालाहरु पनि बढे । माईको दैनिकी दर्शनमा जान नसक्दा राजा केही दिन भोकैबसे । चण्डेश्वरी माईले राजाको दुःख देखी आफ्नो प्रतिमा भक्तपुरमा नै स्थापन गरी दर्शण गर्नु भत्रे सपनामा उर्दिदिए । राजाले माईको आदेश बमोजिम टिबुक्छेको नजिक चउरमा चण्डेश्वरी माई स्थापनाको साथमा मन्दिर समेत बनाए । अहिले उक्त मन्दिर तिन तलेको छ र मन्दिर क्षेत्रको चउरलाई चासु ख्यः भनिन्छ । राजाले माईलाई खुसी बनाउन जात्रा पनि चलाए । बनेपा र भक्तपुरको जात्रा एकै दिनहरुमा पर्दछ । रमाईलो पक्ष के छ भने चण्डेश्वरी माईको जात्रा पहिले भक्तपुरमा चलाए । यस्को सिको गर्दै बनेपालीहरुले भक्तपुरको भन्दा ठूलो रथ बनाए र भब्य मतःपूजा पनि गरे भत्रे भनाई रहेकोछ ।
ललितपुर चण्डेश्वरी – ललितपुरको पिंबहालमा चण्डेश्वरी माईको मन्दिर छ । किंबदन्ति अनुसार पाटन निवासी गयो बाजे अर्थात गयपती राजोपाध्याय भत्रे एक महान तान्त्रिकले पाटनको ईखालाखु भत्रेस्थानमा हरिसिद्घीको नाचहेर्न आएका चण्डेश्वरी माईलाई आफ्नो बसमा बन्धक बनाए र पिंबहालमा लगेर तान्त्रिक बिधीद्वारा पुजा गरि खुसी बनाए । तत पश्चात गयो बाजेले मेला पर्वहरुमा आराधना गरि बनेपाबाट चण्डेश्वरी माईलाई बाृलाउने र दर्शण गर्ने परंपरा बसाले । हालको माईको मन्दिर राजा सिद्घिनरसिंहको पालामा बनेको भनाई रहेकोछ । यहाँ चण्डेश्वरी माईको जात्रा चाहि हुदैन । तर बनेपाका भोछिंभोयाहरुले जस्तै पाटनमा पात्रबंश श्रेष्ठ थरका करिव तिन दर्जन परिवारहरुले चण्डेश्वरी माईलाई कुलदेवतामानी बैशाख अक्षतृतियाका दिन दिवाली गर्दै आएका छन् । यस्को अलावा ललितपुर बासीहरु पिंबहालको चण्डेश्वरी माईलाई शक्तिपिठमा लिन्छन् । श्रेष्ठ परिवारहरु तथा अन्यजातका नेवार समुदायहरुले परिवारमा भएको शुभकार्यहरु बिहे, बर्तमान आदीमा पिठपूजा गर्ने गर्दछन् ।
टोखा चण्डेश्वरी – भाषा बंशावली अनुसार नेपाल सम्बत ६३० तिर कान्तिपुरका राजा रत्न मल्लले टोखामा ३०० धुरीको बस्ति बसालेपछि हाल टोखाको मूख्य बजारबाट करिव एक किलामिटर उत्तर पूर्वको जङ्गलमा पहिले देखी मानिआएको चण्डेश्वरी माईको पूजालाई निरन्तरता दिएको भनाई रहेकोछ । नेपाल सम्बत ८२० मा पहिलेको मूर्तिको स्थानमा नयाँ मूर्ति राखियो । मन्दिर परिसर भित्र काब्राको रुख रहेको र उक्तरुखमा १०८ थरीका फुलहरु क्रमस फुलेर कहिल्यै आलो फुल खालि नहुने हुँदा भक्तजनहरु चण्डेश्वरी माई काब्राको रुखमा बिरजमान भएको बिश्वास गर्दथे । बि.सं. २०६० मा उक्त काब्राको रुख ढलेपछी तिनतलेको मन्दिर र मन्दिर परिसरलाई पुःन निर्माण गरि आकर्षक बनाइएको छ । यहाँ हरेक बर्ष बिस्केट जात्राको साथमा चैत्र मसान्तको दिन सरकारी पुजाको साथमा द्योःछेंबाट जात्रागर्ने चण्डेश्वरी माई मूर्ति निकाली जात्रा गर्न चलन छ । यो जात्रा बैशाख ४ गतेसम्म रहन्छ । चण्डेश्वरीको द्योःछें टोखाकोे थगाल टोलमा रहेकोछ ।
चण्डेश्वरीका मूर्तिहरु
नेवार समुदायहरुले आफुहरु बसेको स्थानमा भिंद्योःको स्थापना गरे जस्तै बनेपालीहरुले पनि आफ्नो परिवार र समुह पुगेको स्थानमा ईष्ट देवीको रुपमा मूर्ति स्थापना गर्ने तथा मूर्तिको स्थापनाको लागी स–साना मन्दिरहरु समेत बनाउने गरेको पाईन्छ । जस्तै पशुपति क्षेत्रमा चण्डे्रवरीको सानो खुल्ला मन्दिर, खोपासीमा मूर्ति आदी ।
दिगु द्योः (कुल देवता)
बनेपालीहरु चण्डेश्वरीलाई आफ्नो ईष्टदेवीको रुपमा लिनुको साथमा बनेपाका भोछिंभोया र ललितपुरका श्रेष्ठ परिवारहरु दिगु द्योःको रुपमा आराधना गर्दै आएका छन् । यस्तै बनेपाका अन्य जातीहरु जो बनेपाबाट बसाई सराई भएर गएकाछन्, उनिहरु पनि दिगु द्योःपूजाको लागी आफुहरु बसेको स्थानमा माई शिला स्थापना गरेकाछन् । उनिहरुने देनिकी पुजाको अलावा हरेक बर्ष अक्षयत्रितिया र सिठ्ठी नःख बिचको एक दिन दिगुपूजा गर्ने गरेका छन् । खोपासीमा पौंजु र जालुहरुले गर्दछन् भने पाल्पाको भैरव टोल नजिक चण्डेनी नगरका श्रेष्ठहरु, रामेछापको मन्थली र रातामाता, सिन्धुलीको सिन्धुली र भिमान आदी स्थानमा दिगुपूजा गर्दै आएकाछन् ।
अबको बाटो
समय बिकासको क्रममा लिच्छवी काल र मल्ल कालमा चण्डेश्वरी माईको पूजा र आराधनामा ब्यापकता आएको थियो । ठकुरी राजा अंशुबर्माले कोदारीमा भन्सार अड्डाखोली नेपाल, तिब्बत तथा हिन्दुस्तान माझ ब्यापारिक केन्द्रको रुपमा स्थापित भुजुङ्ग, लिच्छवी राजा नरेन्द्र देवले नालाङ्ग (नाला) मा किल्ला बनाएर नेपाल राज्य फिर्तालिए पछि ब्यापारिक केन्द्रले ब्यापकता पायो । स्थान र श्रोतको महत्व बुझेका मल्ल राजा आनन्द देवको पालामा सुन्दर बस्तिको परिकल्पनामा प्राकृति सुहाउँदो सँस्कृती समायोजन गरि बिस्तृत गर्दै बस्तिको नाम भुुजुङ्ग बाट नेवारी नाम भोःदे दिएको हुनु पर्दछ । भोःदे बासीहरुले सोही सँस्कारलाई अनुसरणगरि बनेपालीहरु आज यो अवस्थामा पुग्नुमा दुईमत नहोला । यसरी माईले बनेपा बसेका बनेपाली तथा बनेपा छोडेर अन्यत्र जाने आफ्ना भक्तहरुमा बिश्वास दिलाएका थिए । साथमा बाहिरबाट बसाई सराई गरेर आएका बाहिरियाहरुलाई पनि आश्रय दिएको तत्थ्य रहेकोछ । अरनिको राजमार्ग बनेपा भएर जानु बनेपालीहरुको लागी अचम्म, भाग्योदय चिठ्ठा हो कि, के भनौ, कतै माँ चण्डेस्वरीको अनुकम्पा त होईन ? यो राजमार्ग अरनिको पदमार्ग साँखु भएर लान सर्भे भएको थियो । अभैmपनि साँखुको भाग्योदय स्कूल नजिक अरनिको राजमार्ग सर्भेका खम्बा देख्न सकिन्छ । माँ चण्डेस्वरीले तत्कालिन गाउँफर्क राष्ट्रिय अभियान, बागमती अञ्चलका अध्यक्ष जोगमेहर श्रेष्ठ मार्पmत अरनिको राजमार्ग बनेपा तर्पmपारी आफ्नाभक्तहरुको समृद्घिमा कृपागर्नु भयो । फेरी बनेपा–बर्दीबास बिच बिपि राजमर्ग निर्माण पश्चात बनेपाले हिन्दुस्तान, चिन र काठमाण्डौ तथा नेपालका अन्य बस्तिहरु बिच ब्यापारिक केन्द्रको रुपमा बिकसित हुदैछ ।
पृथ्वी नारायण शाहको एकिकरण पश्चात राज्यस्तरबाट हुने हेरचाहमा केही कमिहुदै गयो । बि.सं. २०४६ को राजनिती परिवर्तन पश्चात चण्डेस्वरीका भक्तहरुले छानामा सुनको मोलम्बा सहित पुनर्निर्माण गरे । बि.सं. २०५१ ले निम्त्याएको गृहकलहले माई आस्थामा धेरै कमिहुन गएको स्थानियहरुले अनुभूती गरे । बि.सं. २०७२ को महाभूकम्पले जनता र समाजमा राजा रंङ्क समानको अनुभूती दिए । ईश्वरमाथी आस्था राख्नेहरु भगवान एक हि तेरा सहारामा भावभक्ति गर्नथाले । यस्तै चण्डेश्वरी माथी बिश्वास गर्नेहरु दुःखद र आपत्तिको समयमा माईमा पूजा आराधनामा सुशासन र सुरक्षाको प्रत्याभूती पर्खेर बसेनन् । मन्दिर र मन्दिर क्षेत्रको पुनर्निर्माण भयो । हाल आएर चण्डेस्वरीका भक्तहरु चाँदीको ढोका बनाउने तरखर गर्दैछन् । बनेपालीहरु चण्डेस्वरी माईलाई आफ्नो रक्षकको रुपमा गर्व तथा भक्तिका साथ भत्रे गर्दछन “जिमी चण्डेस्वरी माई” ।
मल्लकालमा बिकसित भोःदे अर्थात बनेपा शहर बि.सं. २०४६ को राजनिती पश्चात अरनिको राजमार्ग तर्पm सरेरजाँदा पुरानो संरचनामा सिथिलता आएको छ । मानिसहरुको बिकास तथा सन्तुष्टि जिवनमा आस्था र बिश्वासको ठूलो भूमिका हुन्छ । बनेपाको पुरानो संरचना भित्र, सँस्कृती र सँस्कारमा आस्था र बिश्वासका मिश्रणले ब्यक्ति, परिवार, समाज र शहरलाई दिएको ब्यस्तता, भाईचारा, सदभाव र सन्तुष्टी, अरनिको राजमार्गमा बिकसित बस्तिले दिनसकेको छैन । तसर्थ बनेपालीहरुको आस्था र बिश्वासलाई जागरुक बनाई राख्न हाललाई चण्डेस्वरीमाई सम्पादा क्षेत्रहरु वकुटोलको कलंदान क्षेत्र, सोह््रा क्षेत्र र लाएकु क्षेत्रलाई स्थानिय सरकारले मल्लकालिन सँस्कृतीको मध्यनजर गरि समयसापेक्ष यी स्थानहरुको मौलिकतामा बिकास गर्नसके राम्रो हुनेथियो । यसोभएमा उक्तक्षेत्र वरपरका बासिन्दाहरुले पनि देखासिकिगरि पूर्ण भोःदेलाई जिवन्तता दिनेथियो कि ?
तत्कालिन समयमा राजा आनन्द देवले माई उत्पत्ती भएकै स्थान रक्तचन्दनको जङ्गल भित्र नै मन्दिर बनाएका र समुदायका मानिसहरु माई दर्शनका साथ प्राकृतिय आनन्द लिन्थे । अफसोच रक्तचन्दन तथा जल प्रेमी बनस्पतीको बिनास तथा सल्ला बिरुवाको जङ्गले प्रतिस्थापित गरेपछि प्रकृती प्रेमीहरुको गन्तब्यमा ह्रास आएको छ । बढदो जनघनत्वले प्रकृतिय मनोरञ्जन खोजेको र स्थानिय सरकारले पनि मन्दिर संङ्गैको बनलाई चण्डेश्वरी जङ्गल नामाकरण गरि मनोरञ्जन उद्यानमा बिकास गर्न खोजेको छ । रुपान्तरित समाजले बढदो मनोरञ्जनमा प्रकृतीलाई अँगाल्न खोजेको छ । उपभोक्ताहरुको चाहना र बातावरनिय सन्तुलनको लागी सल्लाको बिरुवाको स्थानमा रक्तचन्दन तथा जल प्रेमी बनस्पतीबाट प्रतिस्थापन गर्नसके स्थान प्रकृतीमय हुनको साथै पर्यटकको संख्यामा बृद्घिभई स्थानिय जिविकोपार्जनमा केही राहत मिल्ने थियो ।
