कृष्ण प्रसाद अधिकारी
काठमाडौं । समाजवादी कर्मकार महासंघको चौथौं अधिवेशन अध्यक्ष नवराज दाहालको अध्यक्षतामा सम्पन्न भयो । यस महासंघ अन्तर्गत २१ संगठन र सोको निर्विरोध निर्वाचन पनि भएको छ ।
महासंघमा नवनिर्वाचित नवराज दाहालको अध्यक्षतामा सञ्चार तथा छापाखाना श्रमिकमा शिवप्रसाद पन्त, कारखाना श्रमिक संगठन, भारी साजवाज स्वतन्त्र चालक, निर्माण मजदुर संगठनमा डलब विष्ट, पोशाक सिलाइ संगठनमा सुनिता मल्ल बुढाथोकी, यातायात श्रमिक संगठनमा दीपक खड्का (बागमती अध्यक्ष), कृषि सहकारीमा पार्वती गदाइली, सुपारी श्रमिक संगठनमा सृजना पौडेल, खानी मजदुरमा शैलेन्द्र वैद्य, होटेल, जुवाघर तथा रेष्ट्रा श्रमिक, चिया तथा अलैंची श्रमिक, समावेशी स्वास्थ्यकर्मी श्रमिकमा दिलकुमारी गजमेर, वैदेशिक रोजगार उद्धार श्रमिक, हस्तकला श्रमिक संगठन, प्रजातान्त्रिक सरसफाइ मजदुरमा भगवती रायमाझी, स्वरोजगार ट्याक्सी मजदुर, स्वतन्त्र वैदेशिक उद्धार श्रमिक, सौन्दर्य स्वरोजगार श्रमिक संघ, खुद्रा व्यापार मजदुर संगठन, संस्कृति, सभ्यता संरक्षक संघमा माता आशा खड्कासमेत निर्वाचित भएका छन् ।
महासंघको ४१ सदस्यीय कार्यसमिति गठन गरी ७ वटै प्रदेश प्रमुख, अध्यक्ष तथा १२ केन्द्रीय सदस्य समेत गठन गरिएको छ । यस्तै सल्लाहकारमा वरिष्ठ अधिवक्ता उ. सुरेन्द्र भण्डारी, अ. राजनप्रसाद दाहाल, सञ्चारविज्ञ कृष्णप्रसाद अधिकारी, अधिवक्तृ निर्मला दंगाल, शिरोमणि तुलसीप्रसाद भट्टराई लगायत रहनुभएको छ ।
