लक्ष्मी पाठक मैनाली

आजकाल !
ढुंगा
अमुर्त भाषामा
सत्य बोल्छ ।
तर मान्छे !
के के बोल्छ बोल्छ
हेक्का नराखी !
अर्काको मुटुमा
निशाना ताकी
शब्दहरुको तीर खिच्छ !
एकतर्फि घोषणा गर्दै
एकाधिकार कायम राख्छ !
समय चक्र हो !
घुम्दै जाँदा
मान्छे
आफ्नै खुट्टामा
आफै बन्चरो हान्छ ।
तर !
सफाया दिन
न्वारान देखिको
बल निकालेर
जुर्मुराउँछ ।
उर्लन्छ !
कुर्लन्छ !

सावित गर्न खोज्छ
पावर
दम्भ देखाएर
आफ्नै नैतिकता
लिलाम गरी खान्छ ।
आफुतिर फर्केका
औंलाहरुको
बेवास्ता गर्दै
अझ
चोर औंलो ठड्याउछ !

विस्वासका पर्खालहरुमा
आफ्नै हातले
डोजर चलाउछ !
न्यायको अदालतमा
दलालको खोजि गरेर
प्रतिस्पर्धा जगाउँछ ।
आफ्नै घर भाड्नलाई
न्यायको खरिद बिक्रिमा
टेण्डर आव्हान गर्छ ।
सत्य
नडगमगाए पछि
मानसिक रोगी करार गर्छ ।
आजकाल !
यस्तै छ महोदय !
साँढेको लडाइँले
बाच्छाको
चीरहरण् भएको छ ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *