बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत कार्य शुरु गरेको छ ।

खानेपानीको तत्काल व्यवस्थापनका लागि पनौती नगरपालिका वडा नं. १२ मा पाँच हजार लिटर पानी ट्याङ्की र पाइप वितरण गरिएको छ । जसबाट २५ घर लाभान्वित भएका छन् ।

खानेपानीको अस्थायी व्यवस्थापनपछि खानेपानीको लागत अनुमान तयार गरी दीर्घकालीन योजना सञ्चालन गर्ने रेडक्रसकाे योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *