पनौती । काभ्रेको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट अरुभन्दा बेग्लै पहिचान बोकेको विद्यालय हो ।
पनौती नगरपालिका तथा जिल्लाकै पुरानो सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालन भएको हुँदा पनि यो विद्यालय जिल्लामा मात्र नभई देशकै नमुना भएको छ । यस इन्स्टिच्यूटबाट ०८१ सालको एसईईमा सहभागी २६ जनामध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यहाँका २१ जनाको नतिजा ए प्लस आएको छ । यस वर्ष एसईईको नतिजामा जिल्लामै छात्रतर्फ पहिलो हुन सफल यो विद्यालय विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सधैं प्रतिबद्ध रहेको प्रिन्सिपल रेश्मा थापा बताउनुहुन्छ ।


विगत ८ वर्षदेखि म्यानेजमेन्टतर्फ कम्प्यूटर साइन्स र होटल म्यानेजमेन्टका पढाइ भइरहेको यो विद्यालय पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको छ । ३७ वर्षअघि निकै कठिन समयमा विद्यालयको स्थापना भएको थियो । यसका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको सपना अहिले पूरा भएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले नै विद्यालय सफल हुने र कुनै एक पक्ष कमजोर भयो भने विद्यालयले देखेको सुन्दर पक्ष साकार हुन नसक्ने प्रिन्सिपल थापाको भनाइ छ ।
कक्षा नर्सरीदेखि १२ सम्म गरि विद्यालयमा हाल ६ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । आगामी दिनहरुमा पनि कसरी राम्रो नतिजा ल्याउने भन्नेमा विद्यालय सचेत रहेको छ । कम्प्यूटर साइन्स र होटल म्यानेजमेन्ट पढ्ने मन भएका र उपयुक्त गन्तव्य खोजी गरिरहेका विद्यार्थीका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्यूट एउटा भरपर्दो माध्यम हुनेमा कुनै शंका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *