पनौती । पनौतीको प्रशिद्ध भालेश्वर मन्दिरमा ६४ज्योतिलिङ्ग पूजा हवन जारी छ ।
हवन साउन ९ गतेदेखि शुरु भएको हो । ५ दिनसम्म चल्ने पूजा हवनको नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभयो ।
श्रावण ९ गतेदेखि साउन १३ गतेसम्म श्री बृहत् आध्यात्मिक परिषद गोरखनाथ मठ मृगस्थली काठमाडौंको आयोजनामा पनौती–१२ को भालेश्वर मन्दिर प्राङ्गणमा विश्व शान्ति गोरक्ष जागरण तथा ६४ ज्योतिलिङ्ग पूजा हवन थालिएको हो । यसले भालेश्वर मन्दिरको प्रचारप्रसार तथा यहाँबाट विश्व शान्तिको कामनाका लागि सहयोग पुग्ने आयोजकले विश्वास गरेको छ ।
