काभ्रे । आदर्श विद्या मन्दिर (एबीएम स्कुल) बनेपाले काभ्रे जिल्लामै पहिलो पटक आईएसओ प्रमाणपत्र पाउने विद्यालयको रुपमा आफूलाई चिनाएको छ । जिल्लामै कानुन संकायको पढाइ हुने एकमात्र कलेज एबीएमले अहिले यसमा सातौं वर्षका लागि विद्यार्थी भर्ना लिइरहेको छ ।
बनेपा नगरपालिका वडा नम्बर ११ मा अवस्थित यो विद्यालयले जिल्लामा निजीतर्फका धेरै विद्यालयको तुलनामा आफूलाई अब्बल र सक्षम बनाउँदै लगेको छ । विसं २०६१ सालमा स्थापना भएको आदर्श विद्या मन्दिरले ०६८ सालदेखि एसएलसीमा सहभागिता जनाएको हो । त्यसयता एसएलसी र एसइइमा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको छ । विगत ८ वर्षयता यहाँ कक्षा ११ र १२ मा पढाई शुरु भएको संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।
आफ्ना नानीबाबुहरुलाई असल नागरिक बनाउने एउटा भरपर्दो गन्तव्य हुन सक्ने यस विद्यालयमा आएर भर्ना गराउन उहाँले सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्नुभएको छ । गत वर्षको एसइइमा यहाँबाट ३१ जना विद्यार्थी सहभागी भएकोमा सबैलाई उत्कृष्ट नतिजासहित उत्तीर्ण गराउन विद्यालय सफल भएको छ । यहाँ कक्षा १२ को नतिजा पनि उत्कृष्ट नै रहेको पाइएको छ । एबीएम बनेपाको मात्र नभएर काभ्रे जिल्लाकै एक भरपर्दो शैक्षिक गन्तव्य भएकोमा कुनै शंका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *