बनेपा । सुवास स्मृति प्रतिष्ठानले गत भदाै २३ र २४ गते जेनजी पुस्ताकाे प्रदर्शनमा भएकाे जनधनकाे क्षतिप्रति दुःख व्यक्त गरेकाे छ ।
प्रतिष्ठानकाे साेमबार बनेपामा बसेकाे बैठकले दुःख व्यक्त गरेकाे हाे । प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले यसकिसिमकाे आन्दाेलन हुनु दुःखद् रहेकाे बताउनुभयाे । उहाँले आन्दाेलनबाट भएकाे परिवर्तनले ठाेस रुप लिनुपर्नेमा जाेड दिनुभयाे ।
जेनजीहरुकाे आन्दाेलनबाट हालसम्म देशभर ७२ जनाकाे मृत्यु भएकाे छ । साे आन्दाेलनमा सयाैं घाइते भएका छन् । कतिपय उपचारपछि घर फर्किएका छन् । सयाैंकाे संख्यामा सार्वजनिक र निजी संरचना ताेडफाेड र आगजनी गरिएकाे छ । यसप्रति पनि बैठकले दुःख व्यक्त गरेकाे छ ।
साथै बैठकमा संस्थाका विविध गतिविधिहरुका बारेमा पनि छलफल र निर्णयहरु गरिएकाे छ ।
