बनेपा । काभ्रे जिल्लाकै उत्कृष्ट मध्येको एक विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३२ औं साधारण सभा सम्पन्न गरेको छ ।
बनेपामा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच संस्थाको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले दिएको जानकारी अनुसार ०८२ साउन मसान्तसम्म संस्थामा ५९ हजार १४० शेयर सदस्य र १२ हजार १८७ बालबचतकर्ता गरि कूल ७१ हजार ३२७ सेवाग्राही रहेका छन् ।
संस्थाको कूल कारोबार ५ अर्ब ३७ करोड ७ लाख ४ हजार ५२१ रहेको छ । यस्तै चालु आर्थिक वर्षदेखि संस्थाले छैठौं रणनीतिक व्यवसायिक योजना शुरु गरेको छ । जसले चालु आर्थिक वर्षमा शेयर ५ हजार ६००, बालबचतकर्ता १ हजार १८०, बचत रकम ५७ करोड ७८ लाख १२ हजार, शेयर रकम ४ करोड ९७ लाख ७५ हजार र ऋण लगानी ७७ करोड ६ लाख ८८ हजार तथा कूल पूँजी ५६ करोड १६ लाख ४० हजारले बृद्धि गरि आगामी आर्थिक वर्षमा ७ अर्ब ४० लाख ६६ हजार पुर्याउने संशोधित लक्ष्य लिएको छ ।
यस्तै संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा संस्थाको खुद आय ५० करोड ६१ लाख १७ हजार ३६७ रहेको छ । खुद व्यय ४७ करोड ४७ लाख ५८ हजार १३७ रहेको र खुद नाफा ३ करोड १३ लाख ५९ हजार २२९ रहेको छ ।
संस्थाका कोषाध्यक्ष भीमबहादुर खत्रीले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षभन्दा सदस्य संख्या बृद्धिमा लक्ष्यको ९४.९४ प्रगति भएको छ । बालबचतकर्ता बृद्धिमा लक्ष्यको ९३.४५ प्रतिशत प्रगति भएको छ । संस्थाको शेयर पूँजी ५४ करोड ७७ लाख ८४ हजार रहेको छ ।
संस्थाको मुख्य कार्यालय बनेपा र सेवा केन्द्रहरु, खोपासी, पनौती, ढुंखर्क, पाँचखाल, भकुण्डे, बनेपा तथा बानेश्वरमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *